२ साउन २०७७ रौतहट । विप्लव नेकपाका एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । विषेश सूचनाका आधारमा चन्द्रपुर नपा–८ बेतौना घर भएका ३५ वर्षीय वीरेन्द्र पासवानलाई उनको घरबाट प्रहरीले पक्राउ गरेको हो ।
पासवानलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिगएको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुुर शाहीले जानकारी दिए ।
