जनताबाट नै सबै कुरा सिक्न सकिन्छ भन्ने प्रमाण हुन्, ‘जनार्दन’

जनताबाट नै सबै कुरा सिक्न सकिन्छ भन्ने प्रमाण हुन्, ‘जनार्दन’ image

१५ बैशाख २०७७ काठमाडौं । जनता नै शक्तिका स्रोत हुन् र जनताबाट नै सबै कुरा सिक्न सकिन्छ भन्ने कुराको प्रमाण बनेका छन् जनार्दन शर्मा प्रभाकर ।

पूर्वगृहमन्त्री तथा नेकपाका नेता प्रभाकरले जनपरिचालनबाट १० दिनमै अस्पताल निर्माण गरेर देखाएका छन् । विश्वमा कोरोना भाइरसले महामारीको रुपलगेकाले सम्भावित खतरा आउन नदिन उनले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा अस्पताल निर्माणको काम थालेका हुन् ।

भवन निर्माणका लागि आफै श्रममा खटिएर रुकुम आठबिसकोट नगरपालिकामा सुविधा सम्पन्न ८ कोठाको अस्पताल निर्माणमा जुटेका हुन् ।जनयुद्धले सिकाएको अनुभव र राज्यसंचालनका केही सिपले उनको इच्छाशक्तिलाई साथ दिएको छ श्रम सहकारीले ।

१० दिनमा ८ कोठाको अस्पताल (आइसोलेसन भवन) निर्माणमा श्रम सहकारीले दिएको साथले यतिबेला जनार्दन शर्मालाई जनताको नेतृत्व भनेर परिभाषित गरिदिएको छ । इच्छाशक्ति भयो, जनताले आफ्नै लागि आफैले अस्पताल निर्माण गरेको नेता शर्माको भनाई छ ।

जनताका समस्या समाधान गर्न जुनसुकै कठिनाईको पनि सामना गर्न तयार रहने प्रभाकर दुरदर्शी नेताको रुपमा परिचित छन् । चीनमा दश दिनमै हजार शैयाको अस्पताल निर्माणबाट प्रभावित नेता शर्माले गर्न चाहे सबैकुराको सम्भव रहेको उदाहरण देखाएका छन् ।

नवनिर्मित आइसोलेसन भवनको औपचारीक उद्घाटन हुन बाँकी रहेकाे नगरपालकाले जनाएकाे छ । यसबाट अन्य प्रदेश र नेतृत्वले पनि सिकाे गर्नु पर्ने नगरपालिकाकाे ठहर छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो image

    हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो

    झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...

  • मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै image

    मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

    मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...

  • किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने image

    किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने

    भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...

  • ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए image

    ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

    म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.