भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ओलीतन्त्रले राज्यको कानुन सबै लत्यायो र आफैँ अपहरणमा मुछियाे : डा. बाबुराम भटराई

ओलीतन्त्रले राज्यको कानुन सबै लत्यायो र आफैँ अपहरणमा मुछियाे : डा. बाबुराम भटराई

१५ बैशाख २०७७ काठमाडौं । सांसद सुरेन्द्र यादव ‘अपहरण’ प्रकरणमा जाहेरी दर्ता नगर्न प्रहरीलाई दबाब आएको कुरा अहिले सामाजिक संजालमा भाइरलमात्रै भएको छैन, राजनैतिक वृत पनि तातेको छ ।

कतिपयले सामाजिक सञ्जालमा लेखेको भरमा सर्वसाधारणलाई कारवाहीको दायरामा ल्याउने नेपाल प्रहरी ‘अपहरण’ सम्बन्धी गम्भीर आरोपको जाहेरी दर्ता गर्न समेत किन ‘अस्वीकार’ गरेको छ ? भनेर टिका टिप्पर्णी गर्न थालेका छन् ।

गम्भीर घटनामा प्रहरीले जाहेरी लिन नमानेपछि सामाजिक सञ्जालमा प्रहरी संगठन र सरकारको चर्को बेस्सरी आलोचना हुन थालेको छ । यस घटनाले प्रहरी संगठनको व्यवसायिकतामाथि नै प्रश्न चिन्ह खडा भएको छ ।

जाहेरी नदिँदा पनि राज्य आफैले अनुसन्धान गर्नुपर्ने विषयमा जाहेरी दिदा समेत दर्ता नगरिनु ओलीतन्त्रले राज्यको कानुन सबै लत्याएको र राज्यको अपराधीकरण गरेको आरोप डा. बाबुराम भटराईको छ ।

ओली आफैँ अपहरणमा समेत मुछिएको भन्दै डा. भट्टराईले राजनीतिक दबाब (प्रधानमन्त्री)को कारण प्रहरीले जाहेरी दर्ता गर्न नमानेको हुन सक्ने बताए ।

आखिर किन ?

घटना महोत्तरी जिल्लामा भएको कारण देखाउँदै महानगरीय प्रहरी परिसर, काठमाडौँ जाहेरी दर्ता गर्न पन्छिएको छ । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सत्तारुढ पार्टी (नेकपा) का सांसद महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न डा. भटराई लगायतको टिम काठमाडौँ प्रहरीमा पुगेको थियो ।

तर प्रहरी दर्ताको सट्टा अस्वीस्कार गरेर पन्छि दियो। काठमाडौँ प्रहरीले जाहेरी नलिएपछि पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपि ओली आफै अपहरण काण्डमा मुछिएको आरोप लगाउदै यस घटनाले सम्पूर्ण कर्मचारी, प्रहरी र प्रशासनलाई आतंकित पारेको बताए । यस घटनाको प्रमुख पैतिपक्ष दल नेपाली कांग्रेसले विरोध जनाएको छ ।

अपहरणकारीलाई सम्मान, यो कस्तो लोकतन्त्र भनेर टिप्पणी हुन थालेको छ । ०७७ असार २४ मा उमेर हदका कारण अवकाश पाउँन लागेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवाली माथि पनि प्रश्न तेर्सिएको छ । २०७६ माघ २८ मा नयाँ आईजीपी भएका ज्ञवाली अडान लिन नसक्दा उनको कार्यक्षमता कमजोर रहेको टिप्पणी हुन थालेको छ ।

सांसद यादवको अपहरण सम्बन्धी जाहेरी दर्ता गर्नबाट पछि हटेपछि सर्वत्र चर्चा हुन थालेको छ । राजनीतिक दबाब कहाँबाट किन आयो ? अपराधीलाई उन्मुक्ति दिएर उनले गर्न खोजेको कारण के हो ? भन्ने कुराले आईजीपी ज्ञवालीमाथि प्रश्न तेर्सिनु स्वाभाविक नै होला ।

तर अपहरणमा संलग्न भनिएका सांसद महेश बस्नेत र श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेता भएको बुझिएको छ । प्रधानमन्त्री ओलीकै दवावका कारण आईजीपी ज्ञवालीले जाहेरी दर्ता नगर्न काठमाडौँ प्रहरी प्रमुखलाई निर्देशन दिएको आरोप लागेको छ भने पूर्वआईजीपी सर्वेन्द्र खनाल संवैधानिक पदको लोभमा सांसद अपहरण प्रकरणमा मुछिएको पूर्वडीआईजीको दावी छ ।

कुनै पनि अपराधको घटना जुनसुकै जिल्लाको प्रहरी कार्यालयबाट दर्ता गर्न सकिने कानुनी व्यवस्था हुदा हुदै काठमाडौँ प्रहरीले घटना भएको नजिकको प्रहरी कार्यालयमा उजुरी दिन भन्दै सांसद यादवको उजुरी लिन मानेनको कारण बाटै पनि रहस्यको पुष्टी हुन्छ ।

आइतबार डा. सुरेन्द्र यादव जनता समाजवादी पार्टीका शीर्ष नेताहरू पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, राजेन्द्र महतो, हिसिला यमी, राजेन्द्र श्रेष्ठलगायतका नेताहरू जाहेरी दर्ता गर्न टेकु पुगेका थिए ।

 


Thali Mobile Pvt.Ltd.