५ श्रावण २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पछिल्लो समय पद लुछाचुडिको खेल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुबै पदबाट राजीनामा दिन लगाएर सरकार भित्र नयाँ खेल खेल्ने रणनीतिमा रहेको समूह सक्रिय भएको ओली निकटका नेताहरुले बताएका छन् ।
सम्झौता अनुसार नै सरकार आलोपालो चलाउने भन्ने कुराकै आधारमा विवाद भएको प्रचण्ड पक्षका नेताहरुले बताएका छन् । अध्यक्ष प्रचण्ड सचिवालय बैठकपछि राष्ट्रपतिलाई भेट्न पुगेपछि वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले ठूलै सम्झौता गरेको आशंका गरेको छ । प्रचण्डले गृहमन्त्री बादललाई खुमलटार बोलाउदा उनी नआएपछि खनाल, नेपाल र श्रेष्ठसंग छलफल गरेका छन् । उनीहरुसँग छलफल गर्दैगर्दा स्थायी कमिटीका सदस्यहहरुले खुमलटार घेरे ।
आफूलाई परिबन्धमा पारेर शीतल निवास लगिएको सदस्यहरुसंग प्रचण्डले ब्रिफिङ्ग गरे । प्रचण्ड शीतल निवास पुग्नु अघि स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरु र शंकर पोखरेल छलफलमा जुटेका थिए । त्यो छलफलमा नै प्रचण्डले आशंका उत्पन्न भएको बताए । स्थायी कमिटी सदस्य प्रभाकरको अस्वभाविक व्यवहारका विषयमा प्रचण्डले असन्तुष्टी पोखेका छन् ।
यता प्रधानमन्त्री पनि गृहमन्त्री बादलको व्यवहास प्रति असन्तुष्टी व्यक्त गरिरहेका छन् । यहि बीचमा प्रभाकर बढी महत्वकांक्षा देखाइरहेको एक सदस्यले बताएका छन् । प्रभाकरको गृहमन्त्री पट्काउने दाउका कारण अध्यक्ष प्रचण्डलाई परिबन्धमा पारेर शीतल निवास पुग्नु परेको स्थायी समिति सदस्यको भनाई छ । पार्टी एकताको सुत्रधार भन्दै फाइदा लिने चलखेलमा प्रभाकर र विष्णु पौडेल लागेको एक नेताले बताए ।
तर प्रभाकर पछिल्लो समय प्रचण्डलाई अपमानित गर्ने, फसाउने र बदनाम गराउने योजनामा लागिरहेको स्रोतको दावी छ । महासचिव पौडेलले अर्थमन्त्री र र शर्माले गृहमन्त्री बन्ने सपना देखेका कारण समस्या उत्पन्न भएको दावी छ ।
