भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

जनार्दन शर्मा गृहमन्त्री, विष्णु पाैडेल अर्थमन्त्री बन्ने संकेत

जनार्दन शर्मा गृहमन्त्री, विष्णु पाैडेल अर्थमन्त्री बन्ने संकेत

५ श्रावण २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पछिल्लो समय पद लुछाचुडिको खेल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुबै पदबाट राजीनामा दिन लगाएर सरकार भित्र नयाँ खेल खेल्ने रणनीतिमा रहेको समूह सक्रिय भएको ओली निकटका नेताहरुले बताएका छन् ।

सम्झौता अनुसार नै सरकार आलोपालो चलाउने भन्ने कुराकै आधारमा विवाद भएको प्रचण्ड पक्षका नेताहरुले बताएका छन् । अध्यक्ष प्रचण्ड सचिवालय बैठकपछि राष्ट्रपतिलाई भेट्न पुगेपछि वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले ठूलै सम्झौता गरेको आशंका गरेको छ । प्रचण्डले गृहमन्त्री बादललाई खुमलटार बोलाउदा उनी नआएपछि खनाल, नेपाल र श्रेष्ठसंग छलफल गरेका छन् । उनीहरुसँग छलफल गर्दैगर्दा स्थायी कमिटीका सदस्यहहरुले खुमलटार घेरे ।

आफूलाई परिबन्धमा पारेर शीतल निवास लगिएको सदस्यहरुसंग प्रचण्डले ब्रिफिङ्ग गरे । प्रचण्ड शीतल निवास पुग्नु अघि स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरु र शंकर पोखरेल छलफलमा जुटेका थिए । त्यो छलफलमा नै प्रचण्डले आशंका उत्पन्न भएको बताए । स्थायी कमिटी सदस्य प्रभाकरको अस्वभाविक व्यवहारका विषयमा प्रचण्डले असन्तुष्टी पोखेका छन् ।

यता प्रधानमन्त्री पनि गृहमन्त्री बादलको व्यवहास प्रति असन्तुष्टी व्यक्त गरिरहेका छन् । यहि बीचमा प्रभाकर बढी महत्वकांक्षा देखाइरहेको एक सदस्यले बताएका छन् । प्रभाकरको गृहमन्त्री पट्काउने दाउका कारण अध्यक्ष प्रचण्डलाई परिबन्धमा पारेर शीतल निवास पुग्नु परेको स्थायी समिति सदस्यको भनाई छ । पार्टी एकताको सुत्रधार भन्दै फाइदा लिने चलखेलमा प्रभाकर र विष्णु पौडेल लागेको एक नेताले बताए ।

तर प्रभाकर पछिल्लो समय प्रचण्डलाई अपमानित गर्ने, फसाउने र बदनाम गराउने योजनामा लागिरहेको स्रोतको दावी छ । महासचिव पौडेलले अर्थमन्त्री र र शर्माले गृहमन्त्री बन्ने सपना देखेका कारण समस्या उत्पन्न भएको दावी छ ।

 


Thali Mobile Pvt.Ltd.