काठमाण्डौ – आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल बङ्ग्लादेशसँग २१ रनले पराजित भएको छ । नेपाल १९ ओभर २ बल ८५ रनमा अलआउट भयो । नेपालले प्रतियोगितामा ऐतिहासिक जितका साथ सुखद अन्त्य गर्न असफल भयो । आज नेपालका लागि १० वर्षअघि सन् २०१४ मा बङ्ग्लादेशसँग हारेको बदला लिने मौका थियो तर त्यो पनि गुमायो । नेपालले टी–२० क्रिकेटमा अहिलेसम्म टेस्ट टोलीलाई हराउन सकेको छैन ।
आजको खेलमा नेपालका कुशल मल्लले सर्वाधिक २७ रन बनाए । त्यस्तै दिपेन्द्रसिँह ऐरीले २५ र आशिफ शेखले १७ रन बनाए । कप्तान रोहित पौडेल एक रनमा आउट भए । नेपाललाई जितका लागि बङ्ग्लादेशले एक सय ७ रनको लक्ष्य दिएको थियो । वेस्ट इन्डिजको किङ्ग्सटाउनमा टस हारेर पहिला ब्याटिङ गरेको बङ्ग्लादेश १९ ओभर ३ बलमा एक सय ६ रन बनाउँदा अलआउट भयो । उसका शाकिब अल हसनले सर्वाधिक १७ रन बनाए । त्यस्तै मोहम्मदुल्लाह र रिसाद होसेनले समान १३ रन जोडे ।
जाकेर अलीले १२ रन जोडे । तक्सिन अहमेद १२ रनमा अविजित रहे । लिटन दासले १० रन बनाए । बङ्ग्लादेशका अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । आजको खेलमा सन्दीप लामिछानेले चार ओभरमा दुई विकेट लिदैं टी–२० मा एक सयौँ विकेट पूरा गरेका छन् । अफगानिस्तानका रासिद खानपछि उनले सबैभन्दा चाँडो यो उपलब्धि हासिल गरेका हुन् । सय विकेट पुरा गर्ने लामिछाने नेपालका पहिलो खेलाडी बनेका छन् ।
त्यस्तै कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान दुई विकेट लिए । सोमपाल कामीले खेलको पहिलो बलमा नै विकेट लिएका थिए । नेपाल यसअघि दक्षिण अफ्रिकासँग एक रनले हारेर समूह चरणबाट नै बाहिरीएको थियो । आजको खेल जितेको बङ्ग्लादेश समूह ‘डी’ बाट सुपर आठमा पुगेको छ । यसअघि यो समूहबाट दक्षिण अफ्रिका सुपर आठमा पुगिसकेको थियो । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो भने श्रीलङ्कासँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।
सन् २०१४ मा बङ्ग्लादेशमा भएको विश्व कपमा नेपाल पहिलो पटक सहभागी भएको थियो । त्यसबेला हङकङ र अफगानिस्तानलाई हराएको नेपाल बङ्ग्लादेशसँग पराजित भएको थियो । टी–२० विश्वकपमा बङ्ग्लादेशसँगै भारत, अमेरिका, अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, अफगानिस्तान, वेस्ट इन्डिज र दक्षिण अफ्रिका दोस्रो चरणमा पुगे । दोस्रो चरणको खेल आउँदो बुधवारदेखि शुरु हुनेछ । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, ३१ चैत । आइसिसी यू-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट आज (आइतबार) बाट सुरु हुँदैछ। यो प्रतियोगिता वैशाख ६ गतेसम्म काठमाडौंको माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ, २७ चैत । हङकङमा मंगलबार (चैत २७, २०८१) बाट सुरु भएको चारदेशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्दै...
काठमाडौँ, २७ चैत । हङकङमा आजबाट सुरु भएको चारदेशीय टी–२० सिरिजको पहिलो खेलमा कतारले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको कतारले २० ओभरमा ५...
भक्तपुर । यसपटक १३ औँ भक्तपुर जिल्लाव्यापी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भक्तपुर नगरपालिकाले जितेको छ । भक्तपुर नगरपालिकाले ३७ स्वर्ण, २० रजत र ३७ कास्य सहीत ९४ पदक जित्दै...