भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आइभोरी कोस्टलाई २–१ ले हराउँदै जर्मनी नकआउट चरणमा

आइभोरी कोस्टलाई २–१ ले हराउँदै जर्मनी नकआउट चरणमा

काठमाडौं, ०७ असार । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ई’को खेलमा आइभोरी कोस्टलाई २–१ गोल अन्तरले पराजित गर्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा एक गोलले पछाडि परेको अवस्थाबाट पुनरागमन गर्दै जर्मनीले महत्वपूर्ण जित निकालेको हो । जर्मनीका डेनिज उन्डवले इन्जुरी समयमा गरेको गोल निर्णायक बनेको थियो ।आइभोरी कोस्टका लागि फ्रान्क केसिईले खेलको ३० औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

जर्मनीका डेनिज उन्डवले ६८ औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । उनी यामल मुसियलाको स्थानमा ६० औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । बराबरीतर्फ उन्मुख खेलमा उन्डवले इन्जुरी समयको चौथो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई २–१ को जित दिलाए । यही जितसँगै जर्मनी नकआउट चरणमा पुग्न सफल भएको हो ।

आइभोरी कोस्टले पहिलो खेलमा इक्वेडरलाई १–० ले पराजित गरेको थियो । जर्मनीले भने आफ्नो पहिलो खेलमा कुरासाओमाथि ७–१ को फराकिलो जित निकालेको थियो ।

यस जितसँगै जर्मनी नकआउट चरणमा प्रवेश गर्दै ६ अंक जोड्न सफल भएको छ ।

 


Thali Mobile Pvt.Ltd.