भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

आइभोरी कोस्टलाई २–१ ले हराउँदै जर्मनी नकआउट चरणमा

आइभोरी कोस्टलाई २–१ ले हराउँदै जर्मनी नकआउट चरणमा

काठमाडौं, ०७ असार । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ई’को खेलमा आइभोरी कोस्टलाई २–१ गोल अन्तरले पराजित गर्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा एक गोलले पछाडि परेको अवस्थाबाट पुनरागमन गर्दै जर्मनीले महत्वपूर्ण जित निकालेको हो । जर्मनीका डेनिज उन्डवले इन्जुरी समयमा गरेको गोल निर्णायक बनेको थियो ।आइभोरी कोस्टका लागि फ्रान्क केसिईले खेलको ३० औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

जर्मनीका डेनिज उन्डवले ६८ औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । उनी यामल मुसियलाको स्थानमा ६० औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । बराबरीतर्फ उन्मुख खेलमा उन्डवले इन्जुरी समयको चौथो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई २–१ को जित दिलाए । यही जितसँगै जर्मनी नकआउट चरणमा पुग्न सफल भएको हो ।

आइभोरी कोस्टले पहिलो खेलमा इक्वेडरलाई १–० ले पराजित गरेको थियो । जर्मनीले भने आफ्नो पहिलो खेलमा कुरासाओमाथि ७–१ को फराकिलो जित निकालेको थियो ।

यस जितसँगै जर्मनी नकआउट चरणमा प्रवेश गर्दै ६ अंक जोड्न सफल भएको छ ।

 


Thali Mobile Pvt.Ltd.