भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

थप १८६ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या १७,८४४ (भिडियो)

थप १८६ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या १७,८४४ (भिडियो)

५ श्रावण २०७७ काठमाडौं । थप १८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ । संक्रमित मध्य १७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म ११ हजार ८ सय ६८ जना उपचारपछि निको भएका छन् भने ४० जना संक्रमितको मृत्यु भएको छ ।

सात जिल्लामा संक्रमित शून्य
धनकुटा, पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङमा संक्रमितको संख्या शुन्य रहेको छ । यसअघि धनकुटामा १२, पाँचथरमा ७, भोजपुरमा ६, संखुवासभामा ६, रसुवामा ११, मनाङमा १ र मुस्ताङमा १ जना संक्रमित भेटिएका थिए । देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । हाल सक्रिय संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी छ ।

भिडियाे हेर्न यहाँ थिच्नुस्…

https://www.facebook.com/Kailashkhabarnews/videos/302644034220413/

हाल सम्म संक्रमित मध्य निको भएकाको विवरण
प्रदेश २ मा ४ हजार ६३६ जना कोरोना संक्रमित छन् । ती मध्ये २ हजार ६९७ जना निको भएका छन् । प्रदेश नम्बर ५ मा ४ हजार १९१ जना संक्रमित मध्य ३ हजार ७७१ जना निको भएका छन् । सुदुरपश्चिम प्रदेशमा ४ हजार ९५ जनासंक्रमित मध्ये १ हजार ६७१ जना निको भएका छन् ।

कर्णाली प्रदेशमा १ हजार ८२५ जना संक्रमितमध्ये १ हजार ५२२ जना संक्रमण मुक्त भएका छन् । गण्डकी प्रदेशमा १ हजार ३९३ संक्रमितमध्ये १ हजार ४ जना संक्रमणमुक्त भएका छन् । बागमती प्रदेशमा ५९ संक्रमितमध्ये ४५१ जना निको भएका छन् । प्रदेश १ मा ८४५ संक्रमितमध्ये ७५२ संक्रमित निको भएका छन्।

उपत्यकामा तीन जना कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा तीन जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २ जना र ललितपुरमा १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो । काठमाडौं उपत्यकामा हालसम्म ३७३ कोरोना संक्रमित भेटिएका छन्। काठमडौंमा सबैभन्दा धेरै २४९, ललितपुरमा ७९ र भक्तपुरमा ४७ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.