५ श्रावण २०७७ नवलपुर । देश भर आएको वर्षा र बाढीपहिरोको सन्त्रासमा बाँचीरहेका छन् अधिकांस नेपाली । असार सुरुमै मनसुन सक्रिय भएको यो वर्ष बाढीपहिरोको महाविपत्ति आउने पूर्वानुमानले धेरैलाई चिन्तित बनाएको छ । त्यस्तै चिन्तामा रातभरी जाग्राम बस्ने गरेका छन् सुस्तावासी ।
नारायणी नदीमा पानीको बहावले सतर्कताको संकेत नाघेर साइरन बज्न थालेपछि गण्डक नहरको ढोका खोल्नका लागि भारतीयपक्षसँग दुबै प्रमुख जिल्ला अधिकारीले पहल गरेको र गण्डक व्यारेजका ३६ ढोकामध्ये २८ वटा खोलिएपछि नेपाली भूमि डुब्नबाट बचेको स्थानीयले बताए । वर्षा र बाढीको खतरा रहेकोले सुस्ताका बासिन्दा कतिखेर आफुहरुको निद्रा हराएउने हो चिन्ताले बसेका छन् ।
५० वर्षअघि गरिएको गण्डक बाँध निर्माणपछि करिब ४५ सय बिगाहा खेतीयोग्य जमिन बर्सेनि डुबानमा पर्दै आएको स्थानीयले गुनासो गरे । भारतले निर्माण गरेको गण्डक बाँधकै कारण बर्सेनि डुबानको समस्या बढ्दै गएपछि गण्डक नदी नियन्त्रण संघर्ष समितिका नाममा किसानहरू संगठित भई २०४९ सालदेखि आन्दोलन जारी राखेका छन्् तर सुनुवाई शुन्य छ ।
