नवराज हत्या प्रकरणका अपराधीलाई कडा कारबाही हुन्छ : मुख्यमन्त्री शाही (भिडियाे सहित)

नवराज हत्या प्रकरणका अपराधीलाई कडा कारबाही हुन्छ : मुख्यमन्त्री शाही (भिडियाे सहित) image

१४ जेष्ठ २०७७ काठमाडौं । अन्तर्जातीय विवाहका कारण दलितलाई हत्या गरिएका सबै घटनाको छानबिन गर्नुपर्ने माग चौतर्फी उठिरहेको छ । यस्ता जघन्य अपराधका घटनाको विस्तृत छानबिनका लागि उच्चस्तरीय नागरिक छानबिन आयोग गठन गर्नुपर्ने संसदमा माग पनि उठेको छ ।

रुकुमको चौरजहारी नगरपालिका– ८ मा अन्तर्रजातीय प्रेमकै कारण भएको हिंसात्मक घटनापछि जात प्रमुख बनेको छ । दलित भएकै कारण नवराज लगायत ४ जनाको हत्या गरेर नदिमा फालिएको र अन्य वेपत्ता पारिएको भन्दै प्राध्यापक, लेखक, पत्रकार, कलाकारलगायत एक सय ३५ जना सामाजिक अभियन्ताले जातीय विभेदका सबै घटनाको छानबिन गर्न उच्चस्तरीय नागरिक छानबिन आयोग गठनको माग समेत गरेका छन् ।

यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले रुकुम र जाजरकोटमा घटेको मानवकलंकित घटनामा जात बाधक बनाएर गरिएको घटनाका अपराधी उम्किन नपाउने बताएका छन् । राष्ट्र छुवाछुत मुक्त भएको छ तर, जातिय आधारमा मानिसको हत्या गरिनु र्बबरता तिर धकेलिएको अवस्था भन्दै रुकुम घटनाको निन्दा गरे ।

यो घटनामा संलग्न दोषीलाई कानूनि कठघरामा उभ्याउने र कडा कारवाही गरिने मुख्यमन्त्री शाहीले बताए । कैलाश खबरसंग कुरा गर्दै उनले मानिस एक जाति र पशु अर्को जाति हो भन्दै उनले महिला र पुरुष दुई जात भएको बताए । महिला र पुरुष बाहेक अर्को जात नभएको उनको भनाई छ ।

यो गम्भिर घटनामा संलग्न अपराधिलाई कानूनतह कडा कारबाही गरिने भन्दै शाहीले कानून भन्दा माथि कोहि नभएकाले कानूनत कारबाही हुनेमा विश्वस्त पारे । मानव कलंकको रुपमा जातिय दम्भका आधारमा भएका यस्ता जघन्य अपराधमा संलग्न जो कोहि उम्किन नपाउने उनको भनाई छ ।

हेर्नुहोस भिडियो…


जाजरकोटका नवराज विकले रुकुम चौरजहारी नगरपालिका सोतीकी युवती सुस्मा मल्लसंग ३ वर्ष सम्म प्रेम गरे । प्रेमलाई विवाहमा परिणत गर्ने भनेर ३ वर्ष पहिले प्रशासनमा पुगेका नवराज र सुस्मालाई उमेर नपुगेको भन्दै फर्काइन्छ ।

३ वर्ष पछि गत जेठ १० गते सुस्मा मल्लले नवराजलाई फोन गरेर मलाई अन्तै विवाह गर्न लागेका छन् त्यसैले लिन आउ भनेर बोलाइन । सुस्मालाई लिन जाजरकोटबाट आफ्ना साथीहरुलाई लिएर नवराज गए । तर उनको गाँउमा पुगेपछि कामी भन्दै गाउँलेले लखेटेर ४ जनाको हत्या गरे वाँकी वेपत्ता पारेको यो घटनाको चौतर्फी विरोध, निन्दा र न्यायको माग गरिएको छ ।

लखेटी लखेटी ढुंगामुढा प्रहर गरी, बालुवा कोचाएर, चार जनाको हत्या गरि सव भेरी नदिमा फालेको घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन देशैभर विरोध प्रदशन भएको छ । हत्याकाण्डको स्वतन्त्र र निष्पक्ष छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् ।

दलितमाथि भएका अत्याचार, हत्या र अपराधका घटनामा राज्यशक्ति, राजनीतिक दल र कथित उपल्ला जातिको षड्यन्त्र र दबाबका कारण पीडितले न्याय नपाउने अवस्था रहँदै आएको भन्दै उनीहरुले कुनै पनि राजनीतिक दबाब र प्रभावमा पार्ने काम बन्द गर्न माग गरेका छन् ।

रुकुम घटनामा जाजरकोटको भेरी नगरपालिका– ४ का नवराज विकसहित टीकाराम नेपालीस गणेश बुढा र लोकेन्द्र सुनारको ज्यान गएको र अन्य अझै बेपत्ता पारिएको भन्दै त्यस नरसंहारका पीडितको न्याय र पीडकलाई हदैसम्मको कारबाहीका लागि देशैभरबाट माग गरिएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda