भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो

काठमाण्डौ । रौतहटमा एक जना कोरोना सङ्क्रमित भेटिएपछि नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले आज मात्रै दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको जनाएको छ । रौतहटका १९ वर्षिय एक युवक र कैलालीका ६० वर्षीया महिलामा कोरोना पुष्टि भएपछि संक्रमितको संख्या १४ पुगेको हो ।

नेपालमा कोरोना संक्रमित एकजना उपचारपछि निको भएर घर फर्किसकेका छन भने सेती प्रादेशिक अस्पताल धनगढीमा पाँचजना, नारायणी अस्पताल वीरगन्जमा तीनजना तथा शुक्रराज ट्रपिकसल तथा सरुवा रोग अस्पताल टेकु र बाग्लुङमा दुई दुई जनाको उपचार भईरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.