भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

प्रदेश २ लाई सिल गर्ने तयारीमा सरकार

प्रदेश २ लाई सिल गर्ने तयारीमा सरकार

धनषा । प्रदेश न. २ मा चार जना कोरोना संक्रमित फेला परेपछि यहाँका विभिन्न ठाउँलाई ‘हट स्पट’को रुपमा प्रदेश सरकार निगरानी बढाएको छ । केही स्थान विशेषलाई सिल गर्नेसम्मको तयारीमा रहेको प्रदेश सरकार को उच्च निगरानी बढाएर अघि बढीरहेको छ ।

संक्रमित व्यक्ति पुगेका ठाउँहरुलाई प्रदेश सरकारले ‘हट स्पट’ को रुपमा राखेर उच्च निगरानी बढाएको छ । कोरोना संक्रमण बढ्दै गएपछि र भारतीय नाकाबाट कोरोना सनत्रास फैलिएपछि आवश्यक परे ‘सिल’ पनि गरिने प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले बताए ।

कोरोना संक्रमित फेला परेका वीरगञ्जको वडानम्बर २ को पूरै भूभाग, सप्तरीको बोदेबर्साइनमा भएको मुस्लिम धार्मिक सभास्थलसहित १२ ठाउँमा सिल गर्न सकिने उनले जानकारी दिए । यी ठाउँहरुमा उच्चस्तरीय सुरक्षा समितिका पदाधिकारी तथा स्वास्थ्यकर्मीले विशेष जाँच तथा अनुगमन गर्ने भन्दै मन्त्री यादवले जुन ठाउँको अवस्था शंकास्पद देखिन्छ, त्यो ठाउँलाई तत्कालै सिल गरिने बताए ।

प्रदेश २ को वीरगञ्जमा तीन जना भारतीयमा र रौतहटमा भारतबाट आएका एक जना युवकमा कोरोना संक्रमण पुष्टि भएको छ भने यहाँ संक्रमणको जोखिम बढिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.