नेपालमा उत्पादित वस्तुको बजारीकरण कस्तो छ ? सरकारले ल्याएको कर नीतिसंग के भन्छन् उद्योगी व्यवसायी ? यी र यस्तै विषयमा केन्द्रीत भएर हामीले भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठसंग कुराकानी गरेका छौं ।
यहाँलाई स्वागत छ ।
धन्यवाद
उवासंघ भक्तपुरको अध्यक्षमा निर्वा्चित हुदा कस्तो महशुस गर्नु भएको छ ?
राम्रै महशुस गरिरहेको छु ।
विगतलाई कसरी सम्झनु हुन्छ ?
म विगत २०५६ देखि कार्यसमिति सदस्य भएर काम गरेको मान्छे हो । कृष्ण प्रसाद ताम्राकार दाईको दोस्रो कार्यकातबाट काम गर्ने अवसर पाए । २० वर्ष पछि म भक्तपुर उद्योग बाणिज्य संघको अध्यक्षको जिम्मेवारीमा आए ।
जिम्मेवारीमा आईसके पछि विगतलाई हेरेर भविष्यका लागि सस्थालाई कसरी अगाडि बढाउन सकिन्छ ? यस विषयमा खोजिनीति गर्दै सदस्यका समस्या, संघका समस्या केलाएर अघि बढ्ने कुरालाई ध्यान दिएको छ । सस्था सफल बनाउने सबैको जिम्मेवारी बराबरी हुन्छ ।
निर्वाचित भएको कति भयो ?
वरिष्ठ उपाध्यक्ष भएको व्यक्ति सोत अध्यक्षमा जाने विधानमा भएको व्यवस्था अनुसार २०७६ पुस १८ मा भएको साधारणसभाबाट म अध्यक्षमा निर्वा्चित भए । वरिष्ठ उपाध्यक्षको चुनाव हुन्छ । म उपाध्यक्षमा निर्विरोध निर्वा्चित भएको थिए ।
अहिले कस्तो छ अवस्था ?
हाम्रो पूर्व अध्यक्ष सदस्यहरुको पनि सहयोग निरन्तर भैरहेकाले पनि सस्था राम्रैसंग अघि बढिरहेको छ । अवस्था रामै्र छ । व्यवसाय संचालनमा सहजता ल्याउनमा ऋिण लगानी गर्न सछम भएका छौं । उवासंघमा आवद्ध सदस्यहरुलाई सजिलो होला भनेर नयाँ काम गरेका छौं ।
तपाइृको कार्यकालमा के के गर्ने प्लानमा हुनुहुन्छ ?
भरखरै भएको नबिल बैंकसंग एमओयु गर्न सफल भएका छौं । भक्तपुर जील्लाको उद्योग तथा व्यवसाय प्रवर्धनका लागि विशेष खालको काम गरेका छौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह ज्यूसंग भएको छलफल सकारात्मक भयो ।
बैंक र संघका सदस्यहरुलाई, व्यवसाय प्रवर्धन तथा बैकिङ्ग सेवा सुलभ तवरवाट उपलब्ध गराउने सम्बन्धी सम्झौता समेत गरेका छौं । उद्योग क्षेत्रलाई संरक्षण र उन्नतीको लागि नबिल बैंक तत्पर भएकोमा धन्यवाद पनि दिनचाहन्छु । व्यवसाय र उद्योग क्षेत्रको विकासका लागि भएको यस्ता कार्यबाट उद्योग वाणिज्य क्षेत्रमा आवद्ध भएका व्यवसायहरुलाई लाभ हुने विश्वास हामीले लिएका छौं ।
व्यवसाय र उद्योग क्षेत्रको प्रवर्धनान बैंकको साथ पाउदा निकै खुशी पनि लागेको छ । अरुलाई दिएको व्याज भन्दा सस्तोमा व्याज दरमा ऋिण लगानी गर्ने र व्यवसाय पनि गर्न सजिलो हुने भएकाले सदस्य पनि खेसी हुने कार्यक्रम सम्पन्न ग¥यौं ।
अबको योजना के छ ?
संघमा आवद्ध भएका नयाँ कार्यसमितिका साथिहरुलाई संघ व्यवस्थापन र सहजिकरण वारे हक हितका लागि नयाँ प्लान बनाउदै छौं । दुई वर्षमा के के गर्ने भनेर छलफल पनि गरेको छु । संघ र सदस्यलाई कसरी अगाडि बढाउने भन्ने प्लान तयार गर्दैछौं । प्लानिङ्ग वर्कशप चैत्र भित्रै गर्ने तयारीमा छु ।
व्यक्तिगत रुपमा भन्दा ?
उवासंघ भनेकै व्यवसायलाई पर्वद्धन कसरी गर्न सकिन्छ ? सदस्यको आर्थिक सवलिकरण कसरी हुन्छ ? सस्थालाई कसरी अगाडि बढाउने त्यतातिर ध्यान दिएर कच्चा पदार्थ नेपालमै कसरी बनाउन सकिन्छ ? खोजिनिति गर्दैछु । भारत र चीनबाट कच्चा पदार्थ ल्याउदा महङ्गो पर्न जान्छ । नीजिक्षेत्रका बैंकको चर्र्कोव्याजदरले उधमी व्यवसायी धेरै मर्कामा परेका छन् ।
समस्या के के छन् ?
पहिलो कुरा आर्थिक समस्या उद्योग व्यवसाय चलाउदा व्याज लिनु पर्ने हुन्छ । त्यो चर्को व्याजदर छ । अर्को कच्चा पदार्थ बाहिरबाट ल्याउनु पर्दा सहज छैन । सरकारले ल्याएको कर नीतिले पनि समस्या भैरहेको छ । उद्यमी व्यवसायीलाई सहजता प्रदान र हक हितका लागि महासंघमार्फत अर्थ मन्त्रालयसंग छलफल भएको छ । पाँच जनाको कमिटि बन्यो तर टुगो लागेको छैन ?
खास समस्या के हो ?
खास समस्या भनेको भिसिटिएस ट्याक्स हो । भाडामा एक ठाँउबाट अर्को ठाँउमा सामान ढुवानी गर्दा भ्याट लगाएको छ । अनलाईन बिलिङ्ग गाउँ गाउँमा कसरी गर्न सकिन्छ ? गाउँघरमा नेट नै छैन ? नेटको सेवा भएको ठाँउमा पनि स्लो छ । सामाजिक सुरक्षाकोष अर्को समस्या हो । ठूला ठूला व्यवसायीलाई त सहजै छ । तर साना साना व्यवसायीलाई कठीन छ । बेसिक स्यालरीबाट २० प्रतिशत उद्योग संचालक व्यवसायीले हाल्नु पर्ने ११ प्रतिशत कामदारले हाल्नु पर्ने । ३१ प्रतिशत भयो सामान्य झाडु लाउने कर्मचारीको पनि यसकारण तलब धेरै दिनु पर्ने हुन्छ ।
तपाईहरुको माग के हो ?
व्यवसायीले तिर्न सक्ने किसिमको कर नीति ल्याउनु पर्यो । कर नीतिमा सुधार ल्याउनु पर्यो भन्ने माग हो । नीति विस्तारै लागु गर्नेमा अगाडि बढाउनु पर्छ ।
भक्तपुरमा उत्पादन हुने मुख्य सामाग्री के छन् ?
सब भन्दा बढी ह्याण्डीक्राप्ट, थांकाक्राप्ट, हाते बुनाईका सामाग्री बढी छन् । चिउरा, चामलको उत्पादन पनि बढी छन् । यी उत्पादित सामाग्रीको पर्वद्धनका लागि हामीले के सहयोग नर्गुपर्छ पूर्ण सहयोग गर्न तयार छौं । मेला महोत्सव पनि गरेर प्रचार प्रसार पनि गर्दछौं । अहिले कोरोना भाइरसले गर्दा समस्या भयो ।
बजारको समस्या छ कि छैन ?
उत्पादित सामाग्री नेपालमा मात्रै होइन, बाहिरी मुलुकमा बढी जान्छ । कर समस्या त्यहि हो । कच्चा पदार्थ पनि बाहिरबाट ल्याउनु पर्ने भएकाले समस्या छ । नेपालमा उत्पादन पश्मिना, गलैचा भारतमा लगेर उसले नक्कली बनाउन थाल्यो । भारतले नेपाली उच्च क्वालिटिका गलैंचा र पश्मिनालाई मेड इन इंडियाको स्टिकर टाँसेर महंगाेमा विदेशमा बेच्छ । यसै कारण अन्तराष्ट्रिय बजारमा नेपाली उत्पादनको माग विस्तारै घट्दै छ । उद्योगी व्यवसायी सचेत बन्न जरुरी छ ।
अन्तमा उद्योगी व्यवसायीलाई के भन्नु हुन्छ ?
अबको यो समयमा भक्तपुरमा उत्पादन सामाग्रीको अनुगमन गर्दैछौं । के के छन् त भक्तपुरमा उत्पादन हुने सामाग्री ? भक्तपुर मात्रै नभएर नेपाल भरीका उद्योगी व्यवसायीको समस्यालाई उजागर गरेर समाधानको बाटोमा लाग्नु पर्छ । ह्याण्डीक्राप्ट र उडनक्राप्ट उत्पादनमा भएको समस्यालाई केलाएर समाधानका लागि सदस्य बोलाएर छलफल पनि गर्दैछौं ।
तपाईको कार्यकाल सफल रहोस ।
धन्यवाद । मेरो विचारलाई मिडियामा ल्याउन सहयोग गरेकोमा कैलाश खबरलाई विशेष धन्यवाद ।
भिडियाे हेर्न तल क्लिक गर्नुहाेस् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
दार्चुला, व्यास–१ । नेपालको नक्सामा चुच्चो भएर ठडिएको सुदूर हिमाली गाउँ टिंकर, जसको प्राकृतिक सुन्दरता अतुलनीय छ, तर राज्यको नजरमा अझै ओझेलमा परेको छ। यहाँका सौका समुदायका बासिन्दा वर्षको...
शिक्षा राष्ट्रको मेरुदण्ड हो। कुनै पनि राष्ट्रको समुन्नति, प्रगतिशीलता र दिगो विकासको प्रमुख आधार सशक्त र समयसापेक्ष शिक्षा प्रणालीमा निर्भर हुन्छ। नेपालमा पछिल्ला दशकहरूमा शिक्षामा उल्लेख्य सुधार भए पनि...
श्रीहरि सेल्फ रियलाइजेशन फाउन्डेशनद्वारा प्रचारित श्रीहरि आरोग्य साधना एक गहन आध्यात्मिक र स्वास्थ्यवर्धक अभ्यास हो, जसले तप, सेवा, सुमिरन र समर्पणको माध्यमबाट व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक कल्याणलाई सन्तुलनमा...
भक्तपुर । नेपालको सांस्कृतिक राजधानीको रूपमा चिनिने भक्तपुर शहर विश्व सम्पदामा सूचीकृत एक प्राचीन नगरी हो। यो शहर कला, संस्कृति, परम्परा र समुदायको जीवन्तताले भरिपूर्ण छ। भक्तपुरलाई कला र...