भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कोरोनाका शंकास्पद दुई बिरामीलाई टेकु अस्पताल पठाईयो

कोरोनाका शंकास्पद दुई बिरामीलाई टेकु अस्पताल पठाईयो

काठमाडौं । कोरोना भाइरसका शंकास्पद बिरामीले टेकु अस्पतालको आइसोलेसन वार्ड भरिएको छ । विदेशबाट आएका शंकास्पद बिरामी बढ्न थालेपछि आइसोलेसन वार्ड भरिएको हो ।

केही दिनयाता दैनिक दुईदेखि तीनजना शंकास्पद बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाउने गरिएको त्रिभुवन विमानस्थल हेल्थ डेक्सले बताएको छ ।

विमानस्थलबाट दुईजना कोरोना भाइरसका शंकास्पद बिरामी टेकु अस्पताल पठाइको छ। कुवेत र कतारबाट आएकालाई हेल्थ डेक्समा परीक्षण गर्दा रुघाखोकीसहित उच्च ज्वरो देखिएपछि टेकु पठाइएको हो । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि विमानस्थ हेल्थ डेक्समा यात्रुको निगरानी कडा बनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.