भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ १५ दिनका लागि दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह | तातो लहरले सताएको तराई, भोलिदेखि वर्षाले राहत मिल्ने आशा | जम्मू-कश्मीरको नियन्त्रण रेखा आसपास गोलीबारी, भारत-पाकिस्तानबीच तनाव चुलियो | काठमाडौं उपत्यकाका सम्पदा हाम्रो सभ्यताको गौरवपूर्ण चिनारी हुन् : मन्त्री पाण्डे | भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया कार्यक्रम | कोशी प्रदेशको आर्थिक वृद्धिमा वृद्धि, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख | तराई–मधेशमा उच्च गर्मी र तातो हावा, काठमाण्डौमा पनि बढ्ने गर्मी | भारत र पाकिस्तान बीचको तनाव: एक नयाँ युद्धको मोडमा |

नेवार समुदायको ठूलो चाड ‘याेमरी’ मनाइनदै

नेवार समुदायको ठूलो चाड ‘याेमरी’ मनाइनदै image

काठमाडौं । आज धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा मनाइँदै छ । धान्य पूर्णिमाको अवसरमा धानको विधिपूर्वक पूजा आजा गरिँदै छ । धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, चम्पादेवीलगायत स्थानमा मेलासमेत लाग्दछ । त्यस्तै, नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हिः पनि भनिन्छ ।

नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ । योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने प्रचलन छ ।

उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किरात जातिमा छ । पितृको मान र प्रकृतिको सम्मानका रुपमा दुवै पर्वलाई किरातले मनाउँछन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.