भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

‘देशभरका शिक्षक परिवर्तन हुँदै’

‘देशभरका शिक्षक परिवर्तन हुँदै’

काठमाडाैं । देशभरका चार हजार आठ सय ५२ शिक्षक दरबन्दी तथा राहत अनुदान कोटा फेरवदल हुने भएकाे छ । कतै शिक्षकको अभाव र कतै आवश्यकताभन्दा बढी शिक्षक भएपछि सरकारले दरबन्दी तथा अनुदान कोटा अन्य जिल्लाका स्थानीय तहमा हस्तान्तरण गर्न लागेको हो । सम्बन्धित स्थानीय तहमा मात्र होइन, फरक जिल्लाका स्थानीय तहमा समेत दरबन्दी तथा राहत कोटा हस्तान्तरण हुनलागेकाे शिक्षा मन्त्रालयले जनाएको छ ।

१४ जिल्लाका तीन हजार तीन सय ५९ शिक्षक दरबन्दी तथा राहत अन्य जिल्लाका स्थानीय तहमा हस्तान्तरण हुदैछ । १५ जिल्लाभित्र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा एक हजार चार सय ९३ दरबन्दी तथा राहत कोटा मिलान हुने शिक्षामन्त्री गिरीराजमणि पोखरेलले बताएका छन् । शिक्षकको अन्तरप्रदेशसमेत मिलान हुने भन्दै एक सय पाँच दरबन्दी तथा राहत अनुदान कोटा एक प्रदेशबाट अर्को प्रदेशको स्थानीय तहमा हस्तान्तरण हुने मन्त्री पोखरेलकाे भनाइ छ ।

दरबन्दी मिलानसम्बन्धी सुझाब पेस गर्न सरकारले पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा कार्यदल समेत बनाएको थियो । कार्यदलले २९ भदौ ०७५ मा प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनलाई शिक्षा मन्त्रालयले कार्यान्वयन गर्न लागेको हो । अहिले देशभर प्राथमिक तहको शिक्षक दरबन्दी ८० हजार एक सय ७६ छ । निम्न माध्यमिकतर्फको दरबन्दी १६ हजार दुई सय ४४, मावितर्फको दरबन्दी १२ हजार सात सय २५ छ ।

साबिकको उच्च माध्यमिकतर्फको दरबन्दी दुई हजार छ ।प्राथमिकतर्फको राहत अनुदान कोटा २१ हजार आठ सय ७१, निम्न मावितर्फ राहत अनुदान कोटा नौ हजार ६ सय नौ, माध्यमिकतर्फ राहत अनुदान कोटा ६ हजार आठ सय ९८ र साबिकको उच्च मावितर्फ राहत अनुदान कोटा चार हजारभित्रै रहेर स्थानीय तहमा तहगत रूपमा शिक्षक दरबन्दी तथा राहत अनुदान कोटाको बाँडफाँड तथा पुनर्वितरण गर्न लागिएको हो ।

 


Thali Mobile Pvt.Ltd.