भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

नक्सापासविना प्रधानमन्त्रीनिवास बन्दै

नक्सापासविना प्रधानमन्त्रीनिवास बन्दै

काठमाडाै । नक्सापासविना बालुवाटारमा प्रधानमन्त्रीनिवास बन्दै छ । ४० करोड लगानीमा निर्माणहुने प्रधानमन्त्रीनिवासकाे २० प्रतिशत काम सकिएको छ । प्रधानमन्त्री स्वयंले शिलान्यास गरेको भन्दै नक्सापास नगरी काम धमाधम भइरहेको छ । प्रधानमन्त्रीनिवास भत्काएर नयाँ भवन बनाउन लागिएकाे हाे ।

नक्सापास नगरी ठेकेदारले तीव्र गतिमा काम धमाधम गरिरहेका छन् । भिभिआइपी संरचनाको नक्सापास र इआइए नभएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएकाे छ । भवन ऐन, २०५५ को दफा ११ अनुसार भवन निर्माण गर्न चाहने व्यक्ति, संस्था वा सरकारी निकायले प्रचलित कानुनबमोजिम सम्बन्धित स्थानीय तहको अनुमति लिनुपर्छ ।

निर्माण पक्षले कानुनबमोजिमको दस्तुर तिर्नु पर्ने कानुनी व्यवस्था छ । तर, विभागले निर्माणाधीन भिभिआइपी भवनको नक्सापास र दस्तुर पनि नतिरेको निर्माण आयोजनाका प्रमुख प्रकृण तुलाधरले बताए ।

 


Thali Mobile Pvt.Ltd.