११ जेठ २०७७, काठमाडौं । नयाँ १९ जनामा कोरोना संक्रमण देखिएसंग नेपालमा संक्रमितको संख्या ६०३ पुगेको छ । मोरोङका १, बारा कलैयाका १, पर्साका ३, रौतहटका १, सर्लाहीका १, रुपन्देहीका ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोट ककनीका १ जनामा संक्रमण पुष्टी भएकाे हाे ।
यस्तै कपिलवस्तुका ३ जना र गुल्मीका १ गरी १९ जनामा संक्रमण देखिएको छ । सबै संक्रमित पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको पिसिआर परीक्षणमा मोरङ बारदही ३ का ४५ वर्षीय पुरुष छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये बारा कलैयाका ३२ वर्षीय, वीरगञ्ज पर्साका २५ वर्षीय, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय, पर्सा नागवाका ६० वर्षीय, रौतहट घर भई कलैयामा रहेका ३२ वर्षीय, सर्लाही हरिपुर ६ का ४८ वर्षीय, रुपन्देही सम्यारीमाई ५ का ४० र ५० वर्षीय, रुपेन्देहीका ३२ वर्षीय, काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय र नुवाकोटा ककनीका ३९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देही गैडहवाका २३, ३० र ४० वर्षीय पुरुषमा संक्रमण भेटिएको छ । कपिलवस्तु खैरातीका ३५, ३७ र ५२ वर्षीय र गुल्मी मदानेका ३१ वर्षीय पुरुषमा संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ ।
भिडियाे हेर्नुहाेस्…
https://www.facebook.com/Kailashkhabarnews/videos/249686609638661/
यसैबीच बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्नुका साथै क्वारेन्टाइनमा रेहका संक्रमित नै भाग्न थालेपछि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।
जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडाैं, २६ असार ।चीनबाट नेपाल प्रवेश गर्ने लेहेन्दे खोलामा आएको बाढीले रसुवा र नुवाकोटका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) अनुसार...
भक्तपुर, २६ असार । भक्तपुर नगरपालिकाकाे युवा तथा खेलकुद समितिको आयोजनामा भक्तपुर नगरपालिकाअन्तर्गत विभिन्न खेलकुद प्रशिक्षणमा सहभागी भई यस वर्षको एसईई परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका खेलाडीहरूलाई बधाई तथा मार्गदर्शन...
काठमाडौं, २५ असार । लोकप्रिय देउडा शैलीमा आधारित नयाँ गीत “लाली पाउडर लाया जसी” सार्वजनिक भएको छ। गायक रोशन टमट्टा र गायिका संगीत बडुवालको आवाजमा सजिएको गीतले सुदूरपश्चिमको सांस्कृतिक...
काठमाडौँ, २५ असार । बुढानिलकण्ठ नगरपालिका–६ मा मिति २०८२ असार २१ गते शनिबारका दिन निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। सेवा निवृत्त स्वास्थ्य कर्मचारी समाज नेपाल र एन्जल हेल्थ...