भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

राहत प्याकेज ल्याउन सरकारलाइ कांग्रेसको सुझाव

राहत प्याकेज ल्याउन सरकारलाइ कांग्रेसको सुझाव

११ जेठ २०७७, काठमाडौं । सरकारले गर्नुपर्ने कामको फेहरिस्तासहित पार्टी कार्यालय सानेपामा विषेश समितिले सभापति शेर बहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।

कोरोनापछिको नेपाली अर्थतन्त्र र सरकारले गर्नुपर्ने कामका विषयमा नेपाली कांग्रेसले गठन गरेको अर्थतन्त्र केन्द्रित विषेश समितिले सूझाव सहितकाे प्रतिवेदन देउवालाई बुझाएको हाे । लकडाउनका कारण प्रभावित भएका क्षेत्र पहिचान गरेर राहत प्याकेज ल्याउन प्रतिवेदनमा भनिएको छ ।

भारतले १२ प्रतिशतसम्म राहतको प्याकेजको घोषणा गरेको भन्दै नेपाल पनि आफ्नो क्षमताअनुसारको राहत प्याकेज ल्याउन समितिले सुझाव दिएको हाे । लकडाउनकै कारण रोजगारी गुमाएका ७ लाख नागरिकका लागि वार्षिक एक सय दिनको ज्यालामा कम्तिमा ५१ हजार ७ सय रुपैयाँ सुनिश्चित गर्नुपर्ने उल्यख गरेको छ ।

३ लाख नागरिकलाई वार्षिक ५० दिनको २५ हजार ८ सय ५० रुपैयामा नघट्नेगरी स्थानीय विकासको काममा लगाएर रकम दिन समेत सुझावमा उल्लेख गरिएको छ । वैदेशिक रोजगार व्यवसायीहरुलाई समेत राहत दिन सुझाव दिएको छ ।

समितिले तयार गरेको प्रतिवेदनमा भनिएको छ,‘स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनका लागि व्यवसाय दर्ता, निर्माण स्वीकृति, सम्पति सुरक्षा, वैदेशिक व्यापार, वित्तीय अवस्था, श्रम बजार, न्याय प्रणाली आदि लगायत सुशासनको जगमा सिर्जित अन्तराष्ट्रिय प्रतिष्पर्धात्मक सूचकांकहरुमा सुधार ल्याई लगानीको उपयुक्त वातावरण बनाउनु जरुरी छ ।’

 


Thali Mobile Pvt.Ltd.