भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत | सीमाबाट ६ घण्टामा यसरी नारायणी पुग्यो बाढी |

बम विस्फोट गराउनेको पहिचान खुल्यो

बम विस्फोट गराउनेको पहिचान खुल्यो

काठमाडौं । गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउनेको तीन जनाको पहिचान खुलाइएको छ । बम विष्फोट आरोपमा पक्राउ परेका कैलालीका लक्ष्मण सेठी, अमृत कुमाल र कालिकोटका टेक लोहार (भिसेक गिरी) रहेका महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।

फागुन २८ गते पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट भएपछि काठमाडौको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको थियो । विस्फोट भएकै दिन संलग्न भएको आरोपमा प्रहरीले विप्लव नेकपा भक्तपुर जिल्ला सदस्य देवी बहादुर गुरुङलाई पक्राउ गरेको थियो ।

विप्लव नेकपाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटलामा संलग्न भएको कारणले घरमा बम हान्नु परेको भन्दै भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा प्रेसर कुकर बम बिस्फोट गराएको जनाएको थियो ।

 


Thali Mobile Pvt.Ltd.