६ साउन २०७७ काठमाडाैं । ३८ औं बी.पी. स्मृति दिवसको सन्दर्भमा बी.पी. कोइराला स्मृति ट्रष्टले बी.पी. ट्रष्टको कार्यालयकाे सभा हलमा विचार मन्थन सम्मन्न गरेको छ ।
बी.पी. ट्रष्टका महासचिव रामचन्द्र पोखरेल, पुरुषोत्तम बस्नेत, डा.ज्ञानू पान्डे तथा डा.दिनेश भट्टराईलगायतले बी.पीकाे याेगदानकाे चर्चा गरेका थिए । राष्ट्रियता, लोकतन्त्र र समाजवादको परिभाषा गर्ने पहिलो भाष्यकार बीपी कोइराला भएकाे र उनकाे ३८ औंँ स्मृति दिवसका सन्दर्भमा केही काग्रेसका नेताले बीपीकाे अादर्श भुलेकाे बताए ।
दिवशकाे अवसरमा सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हरेकपल डट कमले बिपी विमर्शका बहुआयाम विषयमा करिब दुई महिना संवाद, बहस र विमर्शको कार्यक्रम गर्ने जनाएको छ । अाज दिउँसो १ बजे नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले कार्यक्रमको उद्घाटन गरेकाे सो कार्यक्रमको बहस र विमर्श सम्पन्न भएको छ । जुम प्रविधिबाट उक्त कार्यक्रममा बीपी कोइरालाको राजनैतिक, आर्थिक, सामाजिक विचार, साहित्य सिर्जनाको क्षेत्रको विशेष चर्चा गरिएकाे छ ।

