भर्खरै : Sorry, your browser does not support inline SVG.

महामारी नियन्त्रणका लागि आठबीस नगरपालिकालाई होटल वसिस इनले दियो ५० हजार

महामारी नियन्त्रणका लागि आठबीस नगरपालिकालाई होटल वसिस इनले दियो ५० हजार

१३ वैशाख २०७७ दैलेख । कोरोना महामारीले विश्व प्रताडित बनिरहेका बेला यसको रोकथाम तथा नियन्त्रणका लागि आठबिस नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा होटल वसिस इन (Hotel Ossis INN)ले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

नगरवासीलाई राहत प्रदानमा सहयोग होस भन्ने हेतुले आर्थिक सहयोग गरिएको होटल संचालक भरत सिजापतिले बताएका छन् । शनिवार नगरको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी नगरप्रमुख खड्गराज उपाध्यायलाई चेक हस्तान्तरण गरेका हुन् ।

राकम कर्णालीमा ४ मा सञ्चालित होटल वसिस इनका सञ्चालक तथा क्षितिज कन्ट्रक्सनका प्रोपराइटर भरतकुमार सिजापती समाज सेवामा सक्रिय एक युवा व्यवसायी हुन् । कोरोनाले भयावहकोरुप लिइरहेका बेला आठबीस नगरमा त्यस्तो स्थिति नआवस र नगरपालिकालाई महामारी नियन्त्रण गर्न सजिलो होस भन्दै आफुले ५० हजार सहयोग गरेको सिजापतीले कैलाश खबरलाई बताए ।

भविष्यमा आइपर्ने विपद् व्यवस्थापनका लागि पनि सहयोग गर्दै जाने भन्दै उनले तत्कालै स्वास्थ्य चौकी राकम कर्णालीलाई इसिजी मेसिन पनि उपलब्ध गराउने बताएका छन् । कोरोना महामारी नियन्त्रण गर्न व्यवसायीका तर्फबाट गरिएको सहयोगको उच्च कदर गर्दै नगरप्रमुख उपाध्यायले उनलाइ धन्यवाद दिए ।

आगामी दिनमा पनि निजीक्षेत्रका तर्फबाट थप सहयोगको अपेक्षा गरेको आठबीस नगरपालिकाका मेयर खड्गराज उपाध्यायले बताए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.