रगतकाे नमूना टेकु पठाउन समस्या

रगतकाे नमूना टेकु पठाउन समस्या image

कन्चनपुर । सरकारले मुलुकभर लकडाउन गरेपछि सुदूरपश्चिम प्रदेशबाट कोरोना आशङ्का गरिएका बिरामीको रगत नमूना परीक्षणका लागि काठमाडौंको टेकु अस्पताल पठाउन समस्या भएको छ ।

जनस्वास्थ्य प्रयोगशाला धनगढीले १४ रगत नमूना काठमाडौं पठाइसकेको जानकारी दिदै लकडाउनअघि पठाएकामध्ये नौ वटाको रिपोर्ट नेगेटिभ आएको बताएको छ ।

कोराना भाइरसकै लक्षणसित मिल्दोजुल्दो लक्षण देखिएपछि कैलालीबाट सात, बाजुराबाट चार र कञ्चनपुरबाट तीन वटा रगत नमूना प्रदेशमा पठाइएको कोभिड–१९ का फोकलपर्सन रामप्रसाद ओझाले बताए ।

काठमाडौं पठाएको दुई नमूनाको रिपोर्ट आउन बाँकी रहेको ओझाले बताए । लकडाउनले जहाज र यातायात नचल्दा केही समस्या भएको भन्दै समस्या निराकरणको प्रयास जारीरहेको उनको भनाई छ ।

भीमदत्तनगरस्थित महाकाली अस्पतालमा तीन जना बिरामी आइसोलेसन कक्षमा राखिएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • कैलालीमा एक वर्षमा लागुऔषधसहित ७७० जना पक्राउ, ११ करोडको अवैध सामान बरामद image

    कैलालीमा एक वर्षमा लागुऔषधसहित ७७० जना पक्राउ, ११ करोडको अवैध सामान बरामद

    धनगढी, ४ वैशाख ।  कैलाली जिल्लामा लागुऔषध दुरुपयोग र अवैध तस्करी डरलाग्दो रूपमा बढिरहेको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार, गत एक वर्षको अवधिमा लागुऔषधसहित ७७० जनालाई पक्राउ गरिएको छ...

  • बैतडीमा आप्रवासी स्रोत केन्द्र स्थापना image

    बैतडीमा आप्रवासी स्रोत केन्द्र स्थापना

    बैतडी । सुरक्षित वैदेशिक रोजगारीबारे जानकारी दिने उद्देश्यले बैतडीमा आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) सञ्चालन गरिएको छ ।सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम (सामी)को सहयोगमा आप्रवासी स्रोत...

  • डोटी भूकम्प प्रभावितको घर पुनर्निर्माण सुरु image

    डोटी भूकम्प प्रभावितको घर पुनर्निर्माण सुरु

    अछाम । डोटी भूकम्पबाट प्रभावितको घर पुनर्निर्माण अछामबाट सुरु हुने भएको छ । अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मङ्गलसेन नगरपालिका–५ का भूकम्पपीडित खण्टी कामीको घर पुनर्निर्माणका लागि सम्झौता...

  • सनु र नगदसहित कैलालीबाट तीन जना पक्राउ image

    सनु र नगदसहित कैलालीबाट तीन जना पक्राउ

    काठमाण्डौ । कैलालीबाट तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले एक करोड रुपैयाँ भन्दा धेरैको सुन, चाँदी र नगदसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुर्खेतको...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.