भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

बैतडीमा आप्रवासी स्रोत केन्द्र स्थापना

बैतडीमा आप्रवासी स्रोत केन्द्र स्थापना

बैतडी । सुरक्षित वैदेशिक रोजगारीबारे जानकारी दिने उद्देश्यले बैतडीमा आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) सञ्चालन गरिएको छ ।सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम (सामी)को सहयोगमा आप्रवासी स्रोत केन्द्र्र सञ्चालनमा ल्याइएको हो ।

जिल्ला प्रशासन कार्यालयभित्र स्थापना गरिएको स्रोत केन्द्रले सुरक्षित वैदेशिक रोजगारीका लागि जानकारी दिने, वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने कागजपत्रको बारेमा जानकारी तथा परामर्श दिने, सहजीकरण गर्नेलगायत काम गर्नेछ ।

केन्द्र्रको सुदूरपश्चिमकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले उद्घाटन गरेका थियो । स्रोत केन्द्रको बुधबार उद्घाटन गर्दै राज्यमन्त्री खड्काले वैदेशिक रोजगारीका विषयमा जानकारी नहुँदा कतिपय नागरिक ठगिएको भन्दै उहाँले स्रोत केन्द्रले सुरक्षित वैदेशिक रोजगारीमा सहयोग पुग्ने बताए।

सुदूरपश्चिमका सबै जिल्लामा आप्रवासी स्रोत केन्द्र सञ्चालनमा ल्याउने उद्देश्य रहेको र केही जिल्लामा स्रोत केन्द्र सञ्चालनमा आइसकेका सामी परियोजनाका प्रदेश कार्यक्रम अधिकृत पञ्चराम चौधरीले जानकारी दिए।रासस

 


Thali Mobile Pvt.Ltd.