रुप बदल्दै खतरनाक कोरोना भाइरस !

रुप बदल्दै खतरनाक कोरोना भाइरस ! image

१४ बैशाख २०७७ काठमाडौं । विष्फोटक पदार्थ, हतियार भन्दा पनि संसारकै सबैभन्दा ठूलो ज्यानमाराको रुपमा देखापरेको खतरनाक नोबेल कोरोनाभाइरस विश्वमा कहलिएका वैज्ञानिक जगत्का लागि टाउको दुखाइको विषय बनेको छ ।

सारा संसारका मानिसलाई आतंकित मात्रै होइन, महामारीको चपेटामा लपेटी रहेको छ । वुहानमा यसको उत्पती हुँदा देखि नै खोज अनुसन्धानमा लागेका वैज्ञानिकहरु अहिले झण्डै ३० लाख मानिस संक्रमित र ५४ हजार बढी मानिसले मृत्युबरण गर्दा सम्म न त यसको निदान र औषधि उपचार थाहा पाइसकेका छन्, नत यस खतरनाक भाइरसका बारेमा जान्न र यस विरुद्धको खोप नै निर्माण गर्न सकेका छन् ।

दिन रात नभनि लगातार संसारभरिकै वैज्ञानिकहरु मिहिन अध्ययन अनुसन्धानमा जुटिरहेका छन् । चीनका वैज्ञानिकहरुले भने यस भाइरसका बारेमा एउटा गम्भीर तथ्य पत्ता लगाएका छन् । यो भाइरस अत्यन्तै तीब्र गतिमा आफ्नो रुप बदल्ने भाइरस हो भन्ने तथ्य पत्ता लाग्यो । अहिलेसम्म यसले कम्तिमा ३० वटा भिन्न आनुवंशिक रुप (genetic variations) भाइरल लोडको मात्रा पैदा गरिदिने गरेको छ, जसले गर्दा यो भाइरसलाई झनै खतरनाक बनाइदिएको छ ।

अध्ययनमा संलग्न अनुसन्धानकर्ताका अनुसार नोबेल कोरोनाभाइरसको एउटा आक्रामक रुपले त्यसको सबैभन्दा लुते रुपले भन्दा २७० गुना बढी भाइरसको लोड पैदा गराइदिने गरेको पाएका थिए । यसको अर्थ के हो भने यसको सबैभन्दा कमजोर रुपको तुलनामा त्यो रुपले संक्रमित गरेको व्यक्तिमा २७० गुना बेसी भाइरस पैदा हुने गर्छ ।

यसको अर्थ ?

नोबेल कोरोनाभाइरसको यो रुपले अति तीब्र रुपमा र ठूलो संख्यामा संक्रमण गर्नेगर्छ, यसको कारण लाग्ने कोभिड–१९ रोगको गम्भीरता बढी हुने गर्छ । फलतः यसले पैदा गराउने संक्रमण वा महाव्याधि तथा त्यसको फैलिने गतिका विरुद्ध लड्न झनै कठिन बन्ने गर्छ । सम्भवतः केही स्थानमा कोरोनाको संक्रमण अत्यन्तै खराब हुनुको कारण पनि सिद्धान्ततः यही हो ।

लि लानजुआन

‘सार्स–कोभ–२ ले आफ्नो रोग लगाउने शक्तिलाई आधारभूत रुपमा परिवर्तन गर्ने गरी रुप बदल्ने क्षमता हासिल गरेको छ,’ आफ्नो उक्त अध्ययन रिपोर्टमा चीनको हाङजोउस्थिति जेजियाङ विश्वविद्यालयका अनुसन्धानकर्ता तथा चीनका अत्यन्तै उच्च सम्मानित महामारीविज्ञ लि लानजुआनले लेखेका छन् ।

उनको टीमले गरेको सो अध्ययन रिपोर्ट एक अन्तराष्ट्रिय जर्नलको प्रिन्ट अनलाइनमा छापिएको छ । उक्त अध्ययन रिपोर्टको गहन विश्लेषण गरेर त्यसको एकेडेमिक जर्नलमा छापिन बाँकी नै छ ।उक्त अनुसन्धानको क्रममा लि र उनका समूहले चीनका १२६४ जना संक्रमित रहेका हाङजोउका बिना पूर्वतैयारी (randomly) छानिएका ११ जना विरामीहरुबाट भाइरस संकलन गरेका थिए ।

त्यसरी संकलन गरिएका नोबेल कोरोनाभाइरसका भिन्नभिन्न रुपहरुलाई अलग गरेर प्रयोगशालाको वातावरणमा आश्रित कोषलाई कति चाँडो र प्रभावकारी ढंगले आश्रित कोष (होस्ट सेल)हरुलाई संक्रमित गर्न र मार्न सक्छ भन्ने ‘अल्ट्रा डीप सिक्वेन्सिङ’ विधिबाट विश्लेषण गरेका थिए । त्यसक्रममा उनीहरुले नोबेल कोरोनाभाइरसका ३० भिन्न भिन्न रुपहरु फेला पारेका थिए ।

तीमध्ये १९ वटा त यसअघि फेला नपरेका नयाँ खालका थिए । तीमध्ये पछि ६ वटामा भाइरसको स्पाइक प्रोटिनमा नै परिवर्तन आएको पाइएको थियो । स्पाइक प्रोटिन भनेको भाइरसको त्यस्तो भाग हो, जसको मद्दतबाट त्यो आश्रित कोषभित्र प्रवेश गर्ने गर्छ । अनुसन्धानको क्रममा उनीहरुले नोबेल कोरोनाभाइरसका ३० भिन्न भिन्न रुपहरु फेला पारेका थिए ।

तीमध्ये १९ वटा त यसअघि फेला नपरेका नयाँ खालका थिए । तीमध्ये पछि ६ वटामा भाइरसको स्पाइक प्रोटिनमा नै परिवर्तन आएको पाइएको थियो । स्पाइक प्रोटिन भनेको भाइरसको त्यस्तो भाग हो, जसको मद्दतबाट त्यो आश्रित कोषभित्र प्रवेश गर्ने गर्छ । त्यस आधारमा अनुसन्धानकर्ताहरुले ‘सार्स–कोभ–२’ भाइरसमा रुप बदल्ने र पर्याप्त मात्रामा रोग लगाउन सक्ने क्षमता रहेको निष्कर्ष निकालेका थिए ।

सोही अध्ययनको सिलसिलामा उनीहरुले संसारका विभिन्न भागहरुमा नोबेल कोरोनाभाइरसले रुप बदलेर भिन्नभिन्न रुपहरु धारण गरेको पत्ता लगाएका थिए । त्यसक्रममा उनीहरुले युरोपभरि तथा न्यूयोर्कमा फैलिएको नोबेल कोरोनाभाइरसको रुपमा अमेरिकाका वाशिंगटन राज्य लगायत अन्य भागहरुमा फैलिएका नोबेल कोरोनाभाइरसको रुपभन्दा धेरै खतरनाक ज्यानमारा खालको भएको फेला पारेका थिए ।

अनुसन्धानकर्ताहरुको भनाइमा नोबेल कोरोनाभाइरसको रुपमा वास्तविक विविधतालाई कम आँकिएको कारण यसले संसारभरि यति चाँडो फैलिन पायो । आफ्नो अध्ययन रिपोर्टमा लि र उनका सहयोगीहरुले लेखेका छन्, ‘अहिले औषधी र खोपको विकास अत्यन्तै खाँचो भइरहेको बेलामा सम्भाव्य खतराहरुबाट बच्नका लागि नोबेल कोरोनाभाइरसको यो रुप बदल्ने क्षमताकाबारेमा पनि ख्याल गर्नैपर्छ ।’

उक्त अध्ययन रिपोर्टले नोबेल कोरोनाभाइरसको आनुवंशिक रुप फेर्ने क्षमता लाई सही ढंगले बुझ्नका लागि विश्वभरिकै वैज्ञानिक जगत्लेष ठूलो कमजोरी गरेको देखाएको छ । सो अध्ययनले विश्वका विभिन्न भागहरुमा सो भाइरसको भिन्न भिन्न रुपले असर गरेको पनि निष्कर्ष निकालेको छ । यसको अर्थ के हो भने यो भाइरसका विरुद्ध सम्पूर्ण रुपमा उपचारको खोज गर्न सजिलो छैन, कठिन छ ।

स्रोत : डेलीमेल, न्यूयोर्कपोष्ट

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • भुल्केका चार सय ६८ घरमा ‘एक घर, एक धारा’ image

    भुल्केका चार सय ६८ घरमा ‘एक घर, एक धारा’

    भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर चार सय बढी घरमा पिउने पानी वितरण गरेको छ । वडाले यो अभियानअन्तर्गत...

  • फेडोले गर्याे नवनिर्वाचित पत्रकारहरूलाई  सम्मान image

    फेडोले गर्याे नवनिर्वाचित पत्रकारहरूलाई सम्मान

    काठमाडौं । दलित महिला संघ (फेडो)ले दलित समुदायका मुद्दालाई आम संचारको माध्यमबाट उजागर गरी समाज रुपान्त्रणमा महत्वपूर्ण भूमिकासहितको पत्रकारिता गर्ने पत्रकारहरुलाई सम्मान गरेको छ । फेडोले आज भव्य कार्यक्रमको...

  • पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत image

    पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत

    बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कूल बजेटको करिब १६ दशमलव २७ प्रतिशत मात्र खर्च भएको...

  • डोटी भूकम्प प्रभावितको घर पुनर्निर्माण सुरु image

    डोटी भूकम्प प्रभावितको घर पुनर्निर्माण सुरु

    अछाम । डोटी भूकम्पबाट प्रभावितको घर पुनर्निर्माण अछामबाट सुरु हुने भएको छ । अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मङ्गलसेन नगरपालिका–५ का भूकम्पपीडित खण्टी कामीको घर पुनर्निर्माणका लागि सम्झौता...


hotelghyampedanda