भर्खरै : Sorry, your browser does not support inline SVG.
कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान तोडे, ल्हाक्पा शेर्पाको ११औँ आरोहण | थानकोटमा घरायसी विवादले उग्र रूप लिँदा युवकको चक्कु प्रहार गरी हत्या, भिनाजु पक्राउ | सिराहामा १९ लाखभन्दा बढी मूल्यका अवैध सामानसहित दुई जना पक्राउ | आजदेखि गंगा दशहरा शुरु, अधिकमासमै किन मनाइँदैछ पर्व ? | पश्चिमी वायु सक्रियः कोशी, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना | बारामा वन–राजमार्ग अतिक्रमण हटाइयो, ३५ मध्ये २ मात्र सुकुमबासी | मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी नागरिकहरू प्रभावित हुने अनुमान, कुन प्रदेशमा कति वर्षाको सम्भावना | वीरगञ्जमा बजार अनुगमनः तीन होटेललाई कारबाही |

संविधान संशोधनका लागि आधिकारिक धारणा बनाउन काँग्रेसले बोलायो बैठक

संविधान संशोधनका लागि आधिकारिक धारणा बनाउन काँग्रेसले बोलायो बैठक

१५ जेठ २०७७ काठमाडौं । संविधान संशोधन गरेर नेपालको नयाँ नक्सा, निशान छाप लगायतका विषयमा साझा धारणा बनाउन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।

जेठ १७ गते दिउँसो १ बजेका लागि पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बोलाइएको हो । बैठकमा सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा छलफल हुने काँग्रेसले जनाएको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ नक्सालाई आधिकारिकता दिन संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावबारे केन्द्रीय कार्यसमिति बैठकबाट आधिकारिक धारणा बनाउने बताएका थिए ।

त्यसपछि बुधबार संसदमा अघि बढाउने भनिएको संविधान संशोधन प्रस्ताव रोकिएको थियो । भारतले हडपेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर जारी गरिएको नयाँ नक्सालाई संसदबाट सर्वसम्मत पारित गराउनका लागि दलहरु यतिबेला छलफलमा जुटेका छन् ।

 


Thali Mobile Pvt.Ltd.