संविधान संशोधनका लागि आधिकारिक धारणा बनाउन काँग्रेसले बोलायो बैठक

संविधान संशोधनका लागि आधिकारिक धारणा बनाउन काँग्रेसले बोलायो बैठक image

१५ जेठ २०७७ काठमाडौं । संविधान संशोधन गरेर नेपालको नयाँ नक्सा, निशान छाप लगायतका विषयमा साझा धारणा बनाउन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।

जेठ १७ गते दिउँसो १ बजेका लागि पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बोलाइएको हो । बैठकमा सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा छलफल हुने काँग्रेसले जनाएको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ नक्सालाई आधिकारिकता दिन संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावबारे केन्द्रीय कार्यसमिति बैठकबाट आधिकारिक धारणा बनाउने बताएका थिए ।

त्यसपछि बुधबार संसदमा अघि बढाउने भनिएको संविधान संशोधन प्रस्ताव रोकिएको थियो । भारतले हडपेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर जारी गरिएको नयाँ नक्सालाई संसदबाट सर्वसम्मत पारित गराउनका लागि दलहरु यतिबेला छलफलमा जुटेका छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda