कोरोना कहर र पछिल्लो राजनैतिक घटनाक्रमका विषयमा प्रतिनिधि सभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालसंग कुराकानी गरेका छाैं : प्रस्तुत छ ।
स्वागत छ यहाँलाई ।
धन्यवाद ।
पछिल्लो राजनैतिक घटनाक्रमलाई कसरी हेरिरहनु भएको छ ?
बहुदलीय व्यवस्था पुन स्थापना पछि सरकारमा गएका पार्टी र विपक्षी पार्टी नै अहिलेको अप्ठयारोको जिम्मेवार छन् । पुजीवादी पार्टीले भागवण्डा बाहेक केहि गर्दैनन् । जनआन्दोलनका बेला जुन बचन जनतालाई दिएका थिए, सरकारमा पुगपछि जानाजान नै व्यवास्ता गरेका हुन ।
पूजीपति वर्गको संचालक समितिको रुपमा पालै पालो सरकारमा गएका हुन् यिनिहरु । जसको परिणाम अहिले नेपाली जनताले भोग्दै छौं । नेपाललाई थिचोमिचो गर्न चाहने र युवा शक्तिलाई दास बनाउन विदेशी शक्तिकै आडमा यसो गरेका हुन् ।
चुनावको मोर्चा देश र जनताका निम्ती नभएको अहिले प्रष्ट भएको छ । विदेशीको इसारामा यिनिहरुले यो सबै गरिरहेका छन् । अब जनताले यिनिहरुबाट आशा गर्ने ठाँउ छैन । ३ प्रतिशत मतसीमा कानुनि बन्दोवस्त गरेर प्रजातन्त्रलाई निमोठ्ने काम शुरु गरे ।
संसदलाई छलेर प्रजातन्त्र विपरित अध्यादेश ल्याउने यो सरकारबाट जनता सचेत हुनु पर्ने बेला आएको छ । यीनिहरुका कृयाकलापले राजनैतिक आन्दोलन अझ पेचिलो बनेर गएको छ । सरकारमा गएर घोषणा पत्र अनुसार काम नगर्ने पार्टीलाई निर्वाचन आयोगको दर्ता बाटै खारेज गर्नु पर्ने कानून बन्नु पर्ने हो ।
कम्युनिष्ट कै सरकार छ, आन्दोलनको आवाश्यक्ता कसरी ?
नाम मात्रको कम्युनिष्ट पार्टी हो । कामको भएन, पंचायती सरकार जस्तै छ । जनताले अनुभुति गर्ने खालको नयाँ कुरा के आयो त ? जनताले के पायो ? काँग्रेसले पंचायती बाटो रोज्यो र नेकपाले काँग्रेसको बाटो रोज्यो । यी तीन टाउके सर्प हुन् ।
शरिर र बुद्धि एउटै हो । संसद अपहरणको सुरुवात काँग्रेसले गरेको थियो अहिले कम्यूनिष्ट सरकारले पनि त्यहि काम गरिरहेको छ । त्यसैले भारतले जे भन्यो त्यहि गर्दैछन् । त्यसैको परिणाम जनताले भोगिरहेका छन् ।
४६ सालको आन्दोलनले प्रजातन्त्र, बहुदल ल्यायो, ६२, ६३ को आन्दोलनले गणतन्त्र ल्यायो अब के का लागि आन्दोलन ?
यो पुजीवादी गणतन्त्र हो । यसले जनताको काम गर्दैन । जनताले चाहेको समाजवादी गणनन्त्र हो । यीनीहरुको काम राजाको भन्दा कम छैन ? गणतन्त्रका राष्ट्रपति र प्रधानमन्त्री हिजोका राजा जे जे गथ्र्ये त्यहि गरिरहेका छन् । यीनको कुनै काम पनि प्रजातान्त्रिक छैन । जनताका समस्या समाधान गर्न समाजवादी गणतन्त्रको खाँचो छ । हिजो मन्दिरमा गएर पुजा गर्ने राजाकै ठाँउमा अहिले गणतन्त्रकाले पनि त्यहि गरिरहेका छन् ।
तपाईले भने जस्तै समाजवादी गणतन्त्र भए कोरोनाको कहरमा जनताले के पाँउथ्ये ?
चीन, क्यूवा, प्रजग कोरियाका नेताहरुले अहिले कोरोना नियन्त्रणमा जसरी काम गरिरहेका छन्, त्यसरी नै नेपालमा पनि काम हुन्थ्यो । प्रजग कोरियाले नाका सील गरेर कोरोना आफ्नो देशमा पस्नै दिएन । चीनले डक्टर र औषधी पठाएर अन्य देशको सेवा गरिरहेको छ ।
त्यसैगरि क्युुवा र उत्तर कोरियाले गर्दैछ । अमेरिका सम्पन्न र आर्थिकको दम्भ देखाउथ्यो खै त ? केहि गर्न सकेन अहिले । त्यसैले व्यवस्था र नेता राम्रो भए सहजै संकट नियन्त्रण गर्न सकिन्छ । समाजवादी गणतन्त्र भए यस्तो अवस्था आउँदैन थियो ।
यसो नहुनुका पछाडि जनताले नबुझेको हो कि सत्तामा गएका पार्टीले ?
जनता त इमान्दार छन् । जनतालाई झुठा आश्वासन दिएर सत्तामा गएका पार्टी कै बेइमानिका कारण जनताले दु:ख भाेगिरहेका छन् । बेइमानी गर्न नपाए सम्म इमानको के कुरा के गर्ने ? सरकारमा गएपछि आफ्नालाई हेर्ने, जनतालाई ललाईफकाई काम गरे । यीनिहरुले जनतालाई वस्तु जस्तै किन्न सकिने ठाने । यसबेला नेपाली जनता झन सचेत हुन आवश्यक छ ।
कोरोना नियन्त्रण भन्दा पनि साँसद खरिद विक्रि गर्ने घटना बाहिर आए यो घटनालाई नेमकिपाले कसरी हेर्छ ?
मैले भनिहाले, पूँजीपति पार्टीले सत्ताका लागि जे पनि गर्छ । नेकपाको सरकारले पनि काँग्रेसकै काम दोहो¥यायो । ५३ सालमा साँसदलाई होटलमा राखेर थुन्ने काम भएको थियो । यसले जनताको काम गर्दैन भन्ने कुरा प्रष्ट भयो । कानुन संसदले बनाउने हो । छलफल गर्ने, बहस गर्ने संसदमा हो । तर संसदलाई नै छलेर अध्यादेश जारी गर्नु प्रजातन्त्र विपरित हो । यसको नेमकिपाले घोर भर्तसना गरेको छ ।
लकडाउनको समय पनि धेरै भयो, तपाई प्रतिनिधि सभा सदस्य भएको नाताले कसरी हेर्नु भएको छ ?
कोरोना नियन्त्रणको समस्या खुल्ला सीमाले पनि भएको छ । लकडाउनको बेला दुवै देशलाई अप्ठयारो भयो । लकडाउनको बेला संघिय सरकारले दैनिक ज्यालादारी गर्ने मानिसलाई एकद्धार प्रणालीबाट राहत वितरण गर्ने भन्यो, तर सरकारमै रहेका पार्टीका साँसद चामलको बोरा बोकेर आफ्नालाई राहत दिन थाले ।
ठाँउ ठाँउमा यस्तो भयो भनेर समाचार आयो । दैलेखका पूर्व र वर्तमान साँसदले काठमाडौमा यसो गरेको सुनियो खै त यस्तालाई कारबाही गरेको ? अनुशासन पनि भएन । शारिरीक दुरी कायम गरेर भएपनि नेपाल सरकारले छैठौ संसद अधिवेशन बोलाएर छलफल गर्न आवश्यक छ ।
२७५ जना प्रतिनिधि सभा र ५९ जना राष्ट्रिय सभाका सदस्यले सरकारलाइ सुझाव दिने अवस्था छैन । सरकारले लकडाउनकै बीचमा भएपनि यो अवसर मिलाएर सुझाव लिनु पर्छ । तत्कालै दुरि मिलाएर भएपछि छैठौं अधिवेशन बोलाउनु पर्छ ।
अहिले केन्द्र, प्रदेश र स्थानीय सरकारले कोरोना रोकथाममा गरेका प्रयास तपाईलाई कस्तो लागेको छ ?
संघिय सरकारले केहि स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको भनेर आयो । यो नहुनु पथ्र्यो त्यो भयो । यदि भ्रष्टाचार भएको हो भने, जुनसुकै पदमा बसेको भएपनि निलम्बन गरेर भएपनि कारवाही गर्नु पथ्र्यो । सरकारले प्रसय दिन पाउदैन ।
स्थानिय तहमा खाद्यान्न वितरणमा अनियमितता भएको भन्ने कुरा पनि आयो । बारामा मेयरले कुहिएको खाद्यान्न वितरण गरेर प्रहरीले पक्राउ गरेको समाचार पनि आयो । यो हेर्दा पनि प्रष्ट हुन्छ । ती साँसद, मेयरले आफ्नो हैसियत नै भुलेका छन् । यो कुरा गलत हो । सरकार परिवर्तन गर्ने कुराले मौलिक भिन्नता पनि आँउदैन । जनताले केहि पाउदैन ।
हुम्लामा बाटो छैन, भोकमरीको समस्या छ । राहत बाड्नकै समसया भयो भनेर हुम्लाका गाउँपालिका अध्यक्ष भनिरहेका छन्, कि सिहदरवारको अनुभुति भएकै छैन । तपाई के भन्नु हुन्छ ?
देशको सन्तुलित विकास गर्नु पर्छ भनेर नेमकिपाले पहिले देखि भन्दै आएको छ । जहाँ बाटो पुगेको छैन, त्यहाँ बाटो पु¥याउनु पर्छ । काठमाडौमा धेरै खर्च हुने बजेट ति ठाँउमा लगाउनु प¥यो । सदरमुकामलाई मुख्य शहरको रुपमा विकास गर्नु प¥यो ।
स्थानीय तहमा विकास गर्नु पर्यो । पहाडमा रोपवे र मैदानमा ट्रलिबस चलाउने सरकारलाई सुझाव दियौं । पंचायतमा विकास भएन भनेर गाली ग¥यौं । ३० साल पछि पनि त्यहि हुनेहो भने सरकारमा गएका पार्टीले जनताका काम इमानदारीपूर्वक गरेका छैनन् ।
सिहदरवार गाँउमा पुगेको छैन ?
बजेट विकेन्द्रीत गर्नु पर्छ । शहरमा जनसंख्या थुपार्ने र बजेट त्यहि खन्याउने सरकारको नीति परिवर्तन गर्नु पर्छ । देशको सन्तुलित विकास भएको भए अहिले कोरोनाको बेला शहरबाट गाउँगाउँ फर्किनेको लहर लाग्ने थिएन ।
सन्तुलित विकास भएको भए यस्तो अवस्था आउने थिएन । आफ्नै ठाँउमा रोजगारी हुने थियो । खाडीमुलुकमा जाने थिएनन् । सरकारले यस विषयमा सोचेकै छैन । यस्तो बेला सरकार जनमुखि छ भन्न मिल्दैन ।
सरकारकै प्रतिनिधि भएका ठाँउमा पनि राहतमा विभेद भयो भन्ने छ, तपाईको निर्वाचन क्षेत्रमा कस्तो छ ?
सरकारले दैनिक ज्यालादारी मजदुरलाई स्थानीय तहबाट राहत वितरण गर्ने भन्यो । त्यहि अनुसार भक्तपुर नगरपालिकाले समस्यामा परेका मजदुरलाई खोजी खोजी राहत वितरण ग¥यो । त्यस्तै अन्य नरपालिकाले पनि गर्नु पर्ने हो तर भएन । विभेद सरकारमै गएका पार्टीका साँसदले गरे । संसद सदस्यले राहत वितरण होइन स्थानीय तहबाट गर्ने भनेर सरकारले निर्देशन दिएकोले गलत गर्नेलाई कारबाही गर्नु पर्छ ।
अन्तमा के भन्न चाहनु हुन्छ ?
कोरोना भाइरसका कारणले जो जहाँ रोकिएका छन् । त्यहाँ आफ्नै नागरिक हुन भन्ने सम्झेर संरक्षण गर्नु पर्छ । सम्पूर्ण देशले कोरोना कहरमा यो नियन्त्रण नभएसम्म त्यसरी नै त्यो देशले संरक्षण दिन पर्छ । हाम्रो विचार जनतामा लिइदिनु भएकोमा धन्यवाद भन्न चाहन्छु ।
हेर्नका लागि भिडियोमा जानुहाेस्…
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
दार्चुला, व्यास–१ । नेपालको नक्सामा चुच्चो भएर ठडिएको सुदूर हिमाली गाउँ टिंकर, जसको प्राकृतिक सुन्दरता अतुलनीय छ, तर राज्यको नजरमा अझै ओझेलमा परेको छ। यहाँका सौका समुदायका बासिन्दा वर्षको...
शिक्षा राष्ट्रको मेरुदण्ड हो। कुनै पनि राष्ट्रको समुन्नति, प्रगतिशीलता र दिगो विकासको प्रमुख आधार सशक्त र समयसापेक्ष शिक्षा प्रणालीमा निर्भर हुन्छ। नेपालमा पछिल्ला दशकहरूमा शिक्षामा उल्लेख्य सुधार भए पनि...
श्रीहरि सेल्फ रियलाइजेशन फाउन्डेशनद्वारा प्रचारित श्रीहरि आरोग्य साधना एक गहन आध्यात्मिक र स्वास्थ्यवर्धक अभ्यास हो, जसले तप, सेवा, सुमिरन र समर्पणको माध्यमबाट व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक कल्याणलाई सन्तुलनमा...
भक्तपुर । नेपालको सांस्कृतिक राजधानीको रूपमा चिनिने भक्तपुर शहर विश्व सम्पदामा सूचीकृत एक प्राचीन नगरी हो। यो शहर कला, संस्कृति, परम्परा र समुदायको जीवन्तताले भरिपूर्ण छ। भक्तपुरलाई कला र...