सन्तोषीको दौडले नेपाललाई स्वर्ण, दर्शक चकित

सन्तोषीको दौडले नेपाललाई स्वर्ण, दर्शक चकित image

काठमाडौं । नेपाली एथलेटिक्सले नयाँ इतिहास रचेको छ। १३औं दक्षिण एसियाली खेलकुद साग को इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जितेपछि सन्तोषी श्रेष्ठ पहिलो नेपाली महिला बन्न पुगिन् । महिला १० हजार मिटर दौडमा सन्तोषीले स्वर्ण जितेकी हुन् ।

उनले स्वर्ण जित्दा दशरथ रंगशालामा उपस्थित दर्शक मात्रै उत्साहित भएनन् सारा नेपाली खुशीले गदगद भए । दौडको सुरुदेखि नै सन्तोषीले प्रतिद्वन्द्वीलाई पछाडि पारिरहिन्। १० हजार मिटर दूरी पूरा गर्न दौडका सहभागीले रंगशालामा बिछ्याइएको ट्र्याक पछ्याउँदै २५ चक्कर लगाए। आफ्नै गतिमा दौडिएकी सन्तोषीले अन्तिम समयसम्म प्रतिद्वन्द्वीलाई उछिन्ने अवसर दिइनन्।

दक्षिण एसियाली एथलेटिक्समा दबदबा कायम राखेका भारत र श्रीलंकाका धावकले आफ्नो गति बढाएर सन्तोषीलाई उछिन्ने प्रयास गरेपनि उनीहरुको त्यो प्रयास निरर्थक सावित भयो। प्रतिद्वन्द्वीको चलाखी बुझेकी सन्तोषीले अन्तिम समयमा जम्प गर्दै आफ्नो लक्ष्य पूरा गरिन्। सन्तोषीले निर्धारित दुरी पूरा गर्न ३५ मिनेट ०७ सेकेन्ड समय खर्चिन पर्यो।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.