भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

सुनसरीमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

सुनसरीमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

इनरुवा । सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान–३ पुरानो बजारमा सोमबार सिटी सफारी दुर्घटना धरान–१५ का १९ वर्षीय ठिना लिम्बूको मृत्युभएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय धरानका अनुसार प्रदेश१–०२–००३ह २६५५ नंको सिटी सफारी आफँै अनियन्त्रित भई दुर्घटना हुँदा लिम्बू गम्भीर घाइते भएकामा उपचारका क्रममा विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उनको मृत्यु भएको थियो । सिटी र चालक धरान–११ का ज्ञानबहादुर थापा प्रहरीको नियन्त्रणमा रहेका छन् ।

त्यसैगरी बराहक्षेत्र–७ बत्तीस आरडीस्थित सुनसरी–मोरङ सिँचाइ आयोजना नहरमा डुबेर ४० वर्षीय वीरबहादुर थापा ९हिमाल०को निधन भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बत्तीस पुलबाट नहरमा थापा बेपत्ता भएका थिए ।नहरमा डुबेर बेपत्ता भएको थाहा पाएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीय खोजीकार्यमा लागिपरेका थिए । बेपत्ता भएको करिब दुई घण्टापछि एक किलोमिटर टाढा सेरेचोक नजिक शव भेटिएको थियो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दीप प्रज्ज्वलन

आइतबार पोखरामा विमान दुर्घटनामा परी निधन भएकाको सम्झानमा सोमबार साँझ सुनसरी सदरमुकाम इनरुवा दीप प्रज्ज्वलन गरिएको छ । सुनसरी सदमुकाम इनरुवा–१ स्थित लोकतान्त्रिक चोकमा समाज कल्याण युवा क्लबको अगुवाइमा दीप प्रज्ज्वलन गरिएको हो ।

यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा भगवान्ले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने उद्देश्यले दीप प्रज्ज्वलन गरेको हो । कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साह, चन्दन यादव, विवेक साहलगायतको सहभागिता थियो ।

 


Thali Mobile Pvt.Ltd.