भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

सप्तकोशीमा डल्फिन गणना सुरु

सप्तकोशीमा डल्फिन गणना सुरु

इटहरी,आइतबार, १८ जेठ। कोशी टप्पु वन्यजन्तु आरक्षले आजदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको गणना सुरु गरेको छ । आरक्षले सप्तकोशीमा पाइने डल्फिनको गणना प्रत्येक वर्ष गर्दै आएको छ । यहाँ पाइने गंगेटिक प्रजातिको डल्फिनको गणना यस वर्ष आरक्षले सुरु गरेको हो ।

सप्तकोशीमा सन् २०२२ देखि नियमितरुपमा डल्फिनको गणना हुँदै आएको कोशी टप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिए । उनले यस वर्ष राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी प्रदेश कार्यालय तथा काठमाडौँस्थित हिमालयन नेचर संस्थालगायतको प्राविधिक सहकार्यमा सुरु गरिएको बताए । उनले चेतनशील स्तनधारी जलचरको रूपमा चिनिने डल्फिन दुर्लभ मानिने जानकारी गराए ।

आरक्षका अनुसार गङ्गा सागरबाट कोशी नदीसम्मको यात्रा गर्ने यी डल्फिन सफा र गहिरो पानीमा विचरण गर्न मन पराउँछन् । चार दिनसम्म चल्ने गणना दुई विधिबाट सम्पन्न हुने बताइएको छ । सन् २०१२ मा ११ र २०१७ मा १७ डल्फिन देखिएपछि डल्फिनको संरक्षणलाई आरक्षले प्राथमिकता दिएको थियो ।त्यसयता वार्षिक गणनाको अभ्यास थालिएको हो । आरक्षको तथ्याङ्कअनुसार २०२२ मा १७, २०२३ र २०२४ मा समानरुपमा १९ डल्फिन गणना गरिएको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषका कोशी प्रदेश संयोजक वीरेन्द्र गौतमले यस वर्ष डल्फिनको सङ्ख्या बढ्नसक्ने अनुमान व्यक्त गरे ।रासस

 


Thali Mobile Pvt.Ltd.