भर्खरै : Sorry, your browser does not support inline SVG.
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा |

ताप्लेजुङको तापेथोकमा कञ्चनजङ्घा पार्क निर्माण हुने

ताप्लेजुङको तापेथोकमा कञ्चनजङ्घा पार्क निर्माण हुने

ताप्लेजुङ, ५ वैशाख । कञ्चनजङ्घा संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोकमा ‘कञ्चनजङ्घा पार्क सेन्टर’ निर्माण हुने भएको छ ।

पर्यटन प्रवद्र्धनलाई लक्ष्यित गरी निर्माण हुन लागेको उक्त पार्कको शुक्रबार एक विशेष समारोहका बीच हिमालयन ट्रष्ट युकेका अध्यक्ष ग्राम रिग्ली र डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि घनश्याम गुरुङले संयुक्त रूपमा शिलान्यास गरे ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बुका अनुसार पार्क सेन्टरभित्र आधुनिक सुविधासम्पन्न पर्यटन सूचना केन्द्र, तालिम केन्द्र, सभाहल तथा आगन्तुकको विवरण सङ्कलन गर्ने कार्यालय स्थापना हुनेछन् ।

“अब निर्माण हुने संरचनाले कञ्चनजङ्घा संरक्षण क्षेत्रको व्यवस्थापन प्रभावकारी हुनका साथै स्वदेशी तथा विदेशी पर्यटकका लागि आवश्यक सेवा र जानकारी उपलब्ध गराउ सहज हुनेछ”, उनले पार्क निर्माणका लागि आर्थिक स्रोत व्यवस्थापनका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गरिने जानकारी दिँदै अध्यक्ष फेम्बुले भने । रासस

 


Thali Mobile Pvt.Ltd.