भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

स्थानीय सरकारकाे लापरबाहीका कारण गाउँ नै सिल

स्थानीय सरकारकाे लापरबाहीका कारण गाउँ नै सिल

४ साउन २०७७ रोल्पा । साउदीबाट गाउँ पुगेका रोल्पा नगरपालिका–४ गुरुङगाउँका २५ वर्षीय एक पुरुष रिपोर्ट नआउँदै क्वरेण्टीनबाट निस्केर गाउँ डुलेपछि समुदायमा कोरोना फैलिएको आशंकामा गाउँ सिल गरिएको छ । गाउँभरी डुलेपछि उनको रिपोर्ट पोजेटिभ आउदा रोल्पा नपा–४ गुरुङगाउँसहित १० नम्बर वडाका तीन वटा गाउँलाई सिल गरिएको हो ।

ती पुरुषमा कोरोना पुष्टि भएपछि उनको कण्ट्रयाक ट्रेसिङका लागि गाउँ नै सिल गर्नु परेको बताइएको छ । रोल्पा सदरमुकाम लिबाङ बजार पनि पूर्ण रुपमा आवतजावत बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय राेल्पाले जनाएको छ ।

स्थानीय सरकारको लापरबाहीका कारण गाउँले भयावह स्थिति भोग्नु पर्ने अवस्था आएको स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख अनिल केसीले बताए । सिल गरेर मात्र नहुने भन्दै ती व्यक्तिको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरी तत्काल पीसीआर गर्नुपर्ने केसीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.