नक्कली रुपैयाँ र लागूऔषधसंगै एक भारतीयसहित तीन जना पक्राउ

नक्कली रुपैयाँ र लागूऔषधसंगै एक भारतीयसहित तीन जना पक्राउ

२०७७ साउन ४ । नेपाल प्रहरीले नक्कली रुपैयाँसहित तीन जना पक्राउ गरेको छ । पक्राउ परेका उनीहरु नक्कली नेपाली रुपैयाँ कारोबारी मात्रै नभई भारतीय लागूऔषध कारोबारी समेत भएको जनाएको छ । बाराबाट एक जना भारतीयसहित तीन जनालाई लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

बाराको महागढीमाई नगरपालिका–२ बरियापुरस्थित् सडक किनारमा ना ५४ प ३८०५ नम्बरको मोटरसाइकलसहित फेला पारी नियन्त्रणमा लिइ खानतलासी गर्ने क्रममा नक्कली नेपाली नोट एक हजार दरको एक हजार ४७० वटा, एक दरको ७४४ गरी १५ लाख ४४ हजार ४०० बरामद गरेको व्यूरोले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला, मजौर पञ्चायत जमुनियाका २५ वर्षीय सुधिरकुमार कुशहवा, बाराको सिम्रनगढ नगरपालिका(४ का २६ वर्षीय मनोज साह र बाराकै आदर्श कोटवाल गाउँपालिका(६, पटेर्वाका ३० वर्षीय नरेन्द्रप्रसाद कुशहवा छन् ।

उनीहरुको साथबाट भारतीय नक्कली रूपैयाँ ५०० दरको २९७ वटा र ५० दरको ७०३ वटा गरी जम्मा भारतीय रूपैयाँ एक लाख ८३ हजार ६५० बरामद गरिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.