भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

स्व रवीन्द्र अधिकारीको शालिक अनावरण

स्व रवीन्द्र अधिकारीको शालिक अनावरण

पोखरा । फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ । राष्ट्रिय विभूति तथा शहीद उद्यान व्यवस्थापन समितिद्वारा निर्मित स्व अधिकारीको शालिक गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कार्यक्रमका बीच अनावरण गरेका हुन ।

पोखरा महानगरपालिका–१८ जामुनाबोटमा गण्डकी प्रदेश सरकारले शालिकसहितका संरचना निर्माणका लागि १५ लाख बजेट उपलब्ध गराएको थियो । समृद्धि र विकासका लागि अधिकारीले देखाएको बाटो सबैका लागि अनुकरणीय भएको भन्दै उनका अधुरा सपनालाई साकार पार्नु सबैको साझा कर्तव्य भएको गुरुङले बताए ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, महानगरपालिका–१८ का वडाध्यक्ष एवं शहीद उद्यान व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर थापालगायतले अधिकारीले देखाएको बाटोमा अधिबढ्ने बचनवद्धता व्यक्त गरे ।

 


Thali Mobile Pvt.Ltd.