भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

कर्मचारीको दरबन्दी कटौती गर्दै रक्षा मन्त्रालयको पुनर्संरचना

कर्मचारीको दरबन्दी कटौती गर्दै रक्षा मन्त्रालयको पुनर्संरचना

काठमाडौं । रक्षा मन्त्रालयले आफ्नो संगठनको पुनर्संरचना गर्दै कर्मचारी दरबन्दी कटौती गरेको छ । ९८ जना कर्मचारी रहेको मन्त्रालयमा परिवर्तित संरचना अनुसार १५ जना कर्मचारीको संख्या कटौती गरेर ८३ मा झारिएको मन्त्रालयले जनाएको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको दुई वर्षे कार्यकाल पुरा भएको अवसरमा जारी गरेको कार्यप्रगति विवरणअनुसार मन्त्री परिषदको २० माघको निर्णयबमाजिम मन्त्रालयको नयाँ संगठन संरचना तयार गरिएको हो । नयाँ संरचनाअनुसार सहसचिवको नेतृत्वमा रहने गरी प्रशासन, योजना तथा अन्तर्राष्ट्रिय समन्वय, कानून र व्यवस्थापन महाशाखा गरी ४ वटा महाशाखा रहने ब्यवस्था गरिएको छ ।

यसैगरी यी महाशाखा अन्तर्गत रहने गरी १० वटा शाखा कायम गरिएका छन् । यसअघि मन्त्रालयमा ११ वटा शाखा थिए । ‘प्रबन्ध तथा अभिलेख शाखा’ कटौतिमा परेको मन्त्रालयले जनाएको छ । त्यो महाशाखालाई व्यवस्थापन महाशाखा अन्तर्गतको आन्तरिक तथा अभिलेख व्यवस्थापन शाखामा ‘मर्ज’ गरिएको छ ।

नयाँ कायम भएको कर्मचारी दरबन्दी अनुसार ८३ मध्ये मन्त्रालयमा एकजना राजपत्राङ्कित विशिष्ठ श्रेणीका सचिव, ४ जना प्रथम श्रेणीका सहसचिव, ११ जना उपसचिव वा सो सरह र शाखा अधिकृत वा सो सरह १६ जना कर्मचारी रहेका छन् । लाई सूचना प्रविधिमैत्री बनाउन नयाँ संगठन संरचना निर्माण र दरबन्दी कायम गरिएको हो ।’

 


Thali Mobile Pvt.Ltd.