भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

१३ जिल्लाका नेता कार्यकर्ता काठमाडौ बोलाएर के गर्दै छ नेकपा ?

१३ जिल्लाका नेता कार्यकर्ता काठमाडौ बोलाएर के गर्दै छ नेकपा ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बाग्मती प्रदेशको प्रशिक्षण काठमाडौँको रामशाह पथमा शुरु भएको छ ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतको सहभागी छ ।

बाग्मती प्रदेशका १३ जिल्लाका नेता, कार्यकर्ता, प्रदेश सांसद, मन्त्रीलाई प्रशिक्षणमा बोलाइएको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ । बुधबार वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टी सचिवालयको निर्णय र सो निर्णयमा ओलीको असहमतिले पार्टीभित्र संकटको स्थीति छ ।

पार्टी भित्र भएका केहि अराजक गतिविधि, मन्त्रीको घुस वार्गेनिङ्ग, नेपालको नक्सा अंकित केक प्रकरण पार्टी पंक्ति तरङ्गित भइरहेको बेला शीर्ष नेताहरु एउटै मञ्चमा उपस्थित हुनुलाई चाँसोका साथ हेरिएको छ । १३ जिल्लाका नेता, कार्यकर्ता, प्रदेश सांसद, मन्त्री गरी २ हजार १ सयको प्रशिक्षणमा सहभागिता रहेको छ।

 


Thali Mobile Pvt.Ltd.