भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

अनिवार्य हाजिर हुन शिक्षकलाई निर्देशन

अनिवार्य हाजिर हुन शिक्षकलाई निर्देशन

४ साउन २०७७ काठमाडौं । राज्यकोषबाट तलब सुविधा खाने शिक्षकलाई साउन दोस्रो सातासम्म विद्यालयमा अनिवार्य हाजिर हुनुपर्ने भएको छ । विद्यालय खुल्ने र शिक्षक विद्यार्थीको प्रत्यक्ष साक्षात्कारमा पठनपाठन हुने वातावरण नरहे पनि सबै शिक्षक विद्यालयमा हाजिर हुनैपर्ने सरकारले निर्देशन दिएको हो ।

सार्वजनिक विद्यालयमा अनलाइन कक्षा सञ्चालन हुन नसकेको तथा शिक्षकसमेत विद्यालयमा नपुगेको गुनासो आएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो  ।

एक लाख ७५ हजारभन्दा बढी शिक्षकले सरकारी सुविधा लिएको तर शिक्षक विद्यालयमा उपस्थितसमेत हुन नसकेकोले बाध्य भएर नीतिगत निर्णय लिएको मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.