४ साउन २०७७ काठमाडौँ । भारतको बनारसमा नेपाली भनेर आफ्नै नागरिको कपाल मुण्डन गरेर नेपालका प्रधानमन्त्री केपी ओलीविरुद्ध नारावाजी गर्न लगाउनेको खोजी भैरहेको छ । हिन्दू अतिवादी समूहले गरेको घिनलाग्दो हर्कत्सहितको भिडिओ भाइरल भएपछि प्रहरीले खोजी कार्य गरेको हो ।
नेपाली भनिएका एक वयष्क भारतीय पुरुषको कपाल मुण्डन गरेर नेपाल विरोधी र केपी ओली विरोधी नारावाजी गर्न लगाएका भिडियोमा देखिन्छ । भारत र श्रीरामको पक्षमा नारावाजी गर्न लगाएको भिडिओ फुटेज बनाएर पोष्ट गरिएको कर्तत खोजी गरिदा ती व्यक्ति नेपाली नभएर भारतीय धर्मेन्द्र सिंह भएको पुष्टी भएको छ ।
आफुलाई पाँच जनाको समूहले एक हजार रुपैयाँ दिएर नारावाजी गर्न लगाएको सिहले बताए । वाराणसी प्रहरीका एसपी अमित पाठकले उक्त घटनाको भिडिओ खिची सामाजिक सञ्जालमा फैलाएको आरोपमा चार जनालाई प्रहरीले अदालत पेश गर्नलागेको छ । भिडिओमा देखिने व्यक्ति नेपाली मूलको भारतीय भएको पुष्टी भएको छ ।
