भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

अनुहार राम्राे भएर के गर्नु, लाजमर्दो हर्कतले प्रहरीकाे नियन्त्रणमा

अनुहार राम्राे भएर के गर्नु, लाजमर्दो हर्कतले प्रहरीकाे नियन्त्रणमा

काठमाडौं ।अष्ट्रेलिया पठाउँछु भन्दै ६ लाख ठगी गर्ने एक महिला पक्राउ पछि जेल चलान भएकी छन् । वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी गर्ने अर्घाखाँची जिल्लाको साविक बाँगी–८ घर भइ काठमाडौं बस्दै आएकी बसन्ता आचार्य जेल चलान भएकी हुन् ।

वैदेशिक रोजगार न्यायधिकरणको फैसलाले १ वर्ष ६ महिनाका लागि जेल परेकी उनी गत असार देखि फरार रहेकी थिइन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले शुक्रबार काठमाडौंको केएल टावरबाट नियन्त्रणमा लिएकाे थियो । २०६९ कार्तिक १० गते ६ लाख लिएर अष्ट्रेलिया नपठाएपछि गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधाराका हरी थापाले उनी बिरूद्ध २०७२ सालमा मुद्दा दायर गरेका थियो ।

न्यायधिकरणले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो ।आचार्यले बैदेशिक रोजगार ऐन २०६४ दफा १० र ४३ बमोजिम कसुर गरेकोले विगो ६ लाख र विगोको ५० प्रतिशत हर्जना ३ लाख गरी रु ९ लाख वादीलाई भर्नुपर्ने समेत न्यायधिकरणको फैसलामा उल्लेख गरिएको छ । फैसलापछि फरार रहेकी उनलाई एक युट्युव च्यानलकाे कार्यालयबाट नियन्त्रणमा लिइएको हो ।

 


Thali Mobile Pvt.Ltd.