भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन

काठमाडौं, ०७ असार । बितेका २४ घण्टामा काठमाडौं उपत्यकामा ट्राफिक कारबाही अन्तर्गत एक हजार ७८२ सवारीचालक कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख ९४ हजार रुपैयाँ राजस्व दाखिला भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेर सवारी चलाउने ८३ जना, नियमविपरीत राइड सेयरिङ गर्ने ७५ जना, सङ्केत बत्ती उल्लङ्घन गर्ने ८२ जना तथा तीव्रगतिमा सवारीसाधन चलाउने ११० जनामाथि ट्राफिक कारबाही गरिएको हो ।

त्यसैगरी लेन अनुशासन पालना नगर्ने ६५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७१ जना, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ८७ जना तथा एकतर्फी बाटोमा सवारी चलाउने ६८ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ ।

यसबाहेक अन्य सवारी नियम उल्लङ्घन गर्ने एक हजार १४१ जना चालकसमेत ट्राफिक कारबाही मा परेका छन् । ट्राफिक प्रहरीले सवारी नियमको पालना गर्न तथा सुरक्षित यातायात व्यवस्थापनमा सहयोग गर्न सबै चालकलाई आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.