भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन

काठमाडौं, ०७ असार । बितेका २४ घण्टामा काठमाडौं उपत्यकामा ट्राफिक कारबाही अन्तर्गत एक हजार ७८२ सवारीचालक कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख ९४ हजार रुपैयाँ राजस्व दाखिला भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेर सवारी चलाउने ८३ जना, नियमविपरीत राइड सेयरिङ गर्ने ७५ जना, सङ्केत बत्ती उल्लङ्घन गर्ने ८२ जना तथा तीव्रगतिमा सवारीसाधन चलाउने ११० जनामाथि ट्राफिक कारबाही गरिएको हो ।

त्यसैगरी लेन अनुशासन पालना नगर्ने ६५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७१ जना, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ८७ जना तथा एकतर्फी बाटोमा सवारी चलाउने ६८ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ ।

यसबाहेक अन्य सवारी नियम उल्लङ्घन गर्ने एक हजार १४१ जना चालकसमेत ट्राफिक कारबाही मा परेका छन् । ट्राफिक प्रहरीले सवारी नियमको पालना गर्न तथा सुरक्षित यातायात व्यवस्थापनमा सहयोग गर्न सबै चालकलाई आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.