भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काेराेना संक्रमिणकाे सम्पर्कमा आएका व्यक्तिको खाेजी गर्दै चितवन प्रशासन

काेराेना संक्रमिणकाे सम्पर्कमा आएका व्यक्तिको खाेजी गर्दै चितवन प्रशासन

चितवन । कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै गत चैत ३ गते नेपाल आएका दुई जनामा विहिबार कोरोना सङ्क्रमण देखिएसंगै जिल्ला प्रशासन कार्यालय चितवनले तिनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान शुरु गरेको छ । उनीहरु दुई दिन काठमाडौँमा बसेर र चैत ५ गते मात्र चितवन आएका थिए । उनीहरुमा संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान शुरु गरेको हो।

चितवनको राप्ती नगरपालिका–८ का ती दुई सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको तीब्र रुपमा पहिचान शुरु गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्वमा पहिचानको काम सुरु गरिएको हो । तकालको अवस्थामा संक्रमितको मनोबल बढाउने र अन्यलाई सर्वसाधारणहरुलाई पनि सुरक्षित राख्नेतर्फ ध्यान आफ्नो ध्यान केन्द्रित रहेको उनको भनाइ छ ।

संक्रमित परिवारका सदस्यलाई अहिले होम क्वारेन्टाइनमा बस्न भनिएको छ र बुद्ध शान्ति कलेजमा छुट्टै क्वारेन्टाइन बनाएर राखिने नगर प्रमुखको भनाइ छ ।

संक्रमित दुबै जनालाई भरतपुर अस्पतालको आइसोलेसनको क्याबिन कक्षमा राखिएको छ । अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार सङ्क्रमित दुवै जनालाई अस्पतालकै आइसोलेसन वार्डमा राखेर उपचार गरिनेछ ।

 


Thali Mobile Pvt.Ltd.