भर्खरै : Sorry, your browser does not support inline SVG.

कोरोना रोगलाई जितेर घर पर्किन एक युवती

कोरोना रोगलाई जितेर घर पर्किन एक युवती

६ बैशाख २०७७ : पछिल्लो समय कोरोना रोगबाट निको भएर घर फर्किने मानिसहरुको संख्या पनि बढ्दै गएको छ ।
कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर काठमाडौंकी युवती घर पर्किएकी हुन । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट काठमाडौंकी १९ वर्षीया प्रशिद्धि श्रेष्ठ डिस्चार्ज भएर घर फर्किएकी हुन्। काठमाडौंको मैतीदेवी निवासी उनी कोरोना संक्रमणबाट मुक्त भएपछि शनिबार डिस्चार्ज भएर घर फर्किएकी हुन्। उनलाई परिवारका सदस्यले घर लिएर गएका हुन्। गत ४ चैतमा फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको उडान नम्बर ६५२ बाट काठमाडौं आइपुगेकी ती युवतीमा १० चैतमा कोभिड(१९ पोजेटिभ देखिएको थियो । त्यसपछि उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको थियो। पछिल्लो पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि शनिबार टेकु ट्रपिकल तथा सरुवा रोग अस्पतालले उनलाई डिस्चार्ज गरेको हो। उनको पछिल्लो स्वाब रिपोर्टमा संक्रमण नदेखिए पछि डिस्चार्ज गरिएको हो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.