भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कडा निर्देशन

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कडा निर्देशन

काठमाण्डाैं, बैशाख ६ । वन्यजन्तुको मासु प्रयोगमा कडाइ गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले निर्देशन दिएको छ । कोरोना भाइरस कोभिड–१९ को महामारीले संसार चेटामा परिरहेको वेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) वन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन विश्वका सबै देशलाई निर्देशन गरेको हो ।

बजारमा जीवित वन्य जनावरको खरिद–बिक्री जन–जुन देशमा हुन्छ ती सबैमा आवश्यक गुणस्तरको अनुमति लिएर मात्र गर्नुका साथै प्रतिबन्ध लगाउन डब्लुएचओले आग्रह गरेको हो ।

डब्लुएचओका महानिर्देशक टेड्रोस एडहनाम घेब्रेयेससले सबै देशका सरकारलाई अपिल गर्दै कोरोना भाइरसको महामारीलाई मध्यनजर गरेर वन्यजीवको मासुमा कडा प्रतिबन्ध लगाउन निर्देशन दिएका हुन ।

नयाँ भाइरसहरू ७० प्रतिशत जनावरबाट नै मानिसमा सरेको उल्लेख गर्दै कोरोना भाइरसको संक्रमण कसरी सुरू भयो भन्नेबारे पनि बुझ्ने प्रयास भइरहेको उनले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.