भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कोसी एक्स्पोमा सगरमाथादेखि केचनाकवलसम्मको जानकारी

कोसी एक्स्पोमा सगरमाथादेखि केचनाकवलसम्मको जानकारी

विराटनगर । कोसी एक्स्पोमा नेपालकै सबैभन्दा होचो स्थान केचनाकवलदेखि संसारकै अग्लो हिमाल सगरमाथासम्मको जानकारी पाइने व्यवस्था मिलाएको छ । नेपाल उद्योग परिसङ्घ ( सिएनआइ ) प्रदेश नं १ को आयोजनामा यही माघ १९ गतेदेखि १० दिनसम्म विराटनगरमा आयोजना हुन लागेको सिएनआइ कोसी एक्स्पो २०७९ मा संसारकै अग्लो हिमाल सगरमाथादेखि नेपालकै सबैभन्दा होचो स्थान केचनाकवलका बारेमा जानकारी पाइने व्यवस्था गरिने भएको छ ।

प्रदेश नं १ को भौगोलिक, जातीय र सांस्कृतिक विविधतालाई एक्स्पोका माध्यमबाट अवलोकनकर्तालाई जानकारी दिने उद्देश्यले देखाउन लागिएको जनाइएको छ । त्यसका लागि एक्स्पो स्थलमा ती संरचना निर्माणको काम सुरु भएको हो ।हिमालदेखि पहाड हुँदै तराईको भू–बनोटलाई एक्स्पोमा दर्शकले हेर्ने र त्यसबाट नेपालको भौगोलिकदेखि सांस्कृतिक सम्पन्ताबारे ज्ञान प्राप्त गर्ने अपेक्षा गरिएको सिएनआइ प्रदेश नं १ का अध्यक्ष भीम घिमिरेले बताउनुभयो ।

विराटनगर महानगरपालिका–२ शङ्करपुरमा एक्स्पोको तयारी तीव्र पारिएको छ । एक्स्पो स्थलमा आवश्यक संरचना जडान र निर्माण जारी छ । ऐतिहासिकरुपमा आयोजना हुन लागेको एक्स्पोमा अवलोकनकर्ताको मनोरञ्जनका लागि कोसी नदीमाथिको सेल्फी पुल, थारु र झाँगडको परम्परागत घरजस्ता संरचना पनि निर्माण सुरु गरिएको जनाइएको छ ।

आयोजक समितिका संयोजक राजेन्द्र राठीले एक्स्पोमा सविन राई तथा उहाँको फारोह र राजु लामाको मङ्गोलियन हर्ट, अभया सुब्बा द स्ट्रिम इन्जिन्स ब्याण्डका साथै कलाकार एकदेव लिम्बू, नितेशजङ्ग कुँवर, समीर श्रेष्ठ, आशीष गुभाजुको अकोष्ट्रिक सोलो प्रस्तुति र अनुप्रस्थलगायतको प्रस्तुति हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.