घर भत्किँदा चार जनाको मृत्यु

घर भत्किँदा चार जनाको मृत्यु

२७ साउन २०७७ डोटी । आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् ।

गएराति एक बजेतीर लोगे विकको घर भत्किँदा श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनामा लोगे, आमा ताना लुहार र एक छोरी घाइते भएका छन् ।

भेटघाट गर्न आएका लोगेकी सासु आमा र साला पनि घाइते भएका छन् । घाइतेहरुको थप उपचारका सदरमुकाम ल्याइँदैछ । सुतेका बेला घर भत्किँदा ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्र मल्लले बताए । तीन तले घर भत्कन लागेपछि भाग्न खोज्दा पुरिएर मृत्यु भएको उनले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.