रौतहटको कटहरिया नगरपालिकामा काेराेना संक्रमित बढ्दै

रौतहटको कटहरिया नगरपालिकामा काेराेना संक्रमित बढ्दै

२७ साउन २०७७ राैतहट । रौतहटको कटहरिया बजार कोरोना संक्रमितको ‘हटस्पट’ बनेको छ । रौतहटको सदरमुकाम गौर, राजदेवी नगरपालिकापछि कटहरिया नगरपालिकाको वडा ४ र ५ मा २ जना महिलासहित ९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

कटहरियाका उपप्रमुख नुरजहां खातुनको श्रीमानमा पनि कोरोना पुष्टि भएको छ । कटहरिया ४ हर्षाहाका १ जना ६० बर्षिय पुरुषमा र वडा ५ बजारका दुई जना ४५ बर्षिय पुरुष ,२५ बर्षिया महिला, १६ बर्षिया महिला र अन्य २२ देखि २५ बर्षका युवाहरूमा कोरोना संक्रमण रहेको कटहरिया नगर प्रमुख सियाराम कुश्वाहाले बताए् ।

मेयर कुश्वाहाका अनुसार संक्रमितहरु मध्ये केहिलाई मावी कटहरिया क्वारेन्टाइन र केहिलाई घरमै राखिएको छ । मावी कटहरियामा बिश्व स्वास्थ संगठनले तोकेको मापदण्ड अनुसार आइसोलेसन निर्माण गरेर सबै संक्रमितको उपचार सुरु गरिनेछ ।

संक्रमितहरुको सम्पर्कमा आएकाहरुको पिसिआर जांचको लागि स्वाब संकलन गरिने जनाइएको छ । कटहरियामा एकैपटक ९ जना समुदायका मानिसमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेक बजारका सबै व्यापार व्यवसाय बन्द गरिनेछ ।

याे पनि पढ्नुहाेस्…..

    1. स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाएर जीवनयापनसंगै अब व्यवसाय पनि संचालन गर्नु पर्छ : उपाध्यक्ष शाह
    2. मानव स्वास्थमा सकारात्मक परिवर्तन ल्याउन अर्गानिक खेतीमा ध्यान दिउँ

 


Thali Mobile Pvt.Ltd.