नुवाकोटमा सेना परिचालन

नुवाकोटमा सेना परिचालन

२७ साउन २०७७ नुवाकोट । स्थानीयस्तरमा कोरोना सङ्क्रमण थप फैलिएपछि आजदेखि निषेधाज्ञासहित नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरिएको छ ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले दुप्चेश्वर गाउँपालिकामा समुदायमा सङ्क्रमण पुष्टि भएसँगै आठ दिनका लागि थप क्षेत्रमा निषेधाज्ञा लगाएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताए ।

गाउँपालिकाको सबै स्थान, तादी गाउँपालिका–२, ३, ४ र ५, पञ्चकन्या गाउँपालिका–४ र ५, शिवपुरी गाउँपालिका–१, २, ३, ४ र ५ एवम् तारकेश्वर गाउँपालिका–२, ४, ५ र ६ मा आठ दिनका लागि निषेधाज्ञा लगाइएको हो ।

वडाध्यक्ष, बैंकका सुरक्षाकर्मीसहित चारजनामा कोरोना रोगको सङ्क्रमण देखिएको छ । निषेधाज्ञा कडाइका रुपमा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय भएको हो ।

 


Thali Mobile Pvt.Ltd.