भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

दुई आर्थिक वर्ष बितिसक्दा पनि उपभोक्ताले पाएनन् भुत्तानी

दुई आर्थिक वर्ष बितिसक्दा पनि उपभोक्ताले पाएनन् भुत्तानी

६ साउन २०७७ बैतडी । बैतडीमा उपभोक्ता समितिले उधारोमा सडक निर्माण गरेको छन ।  दसरथचन्द नगरपालिकाका वडामा उपभोक्ताले उधारोमा निर्माण गरेका हुन ।

सडक निर्माण गरेको दुई आर्थिक वर्ष बितिसक्दा नगरपालिकाले भुक्तानी नगरेको उपभोक्ताले गुनासो गरेका हुन ।

मौखिक आदेशमा नगरपालिकाभित्रका वडाका उपभोक्ता समितिले पैसा पछि भुक्तानी पाउने गरी सडक निर्माणको काम गरेका थिए । आर्थिक वर्ष २०७४ र ७५ देखि निर्माण भएका सडकको भुक्तानी अझै नदिएपछि उपभोक्ता समिति मारमा परेका छन् ।

भुक्तानी नपाउँदा अहिले स्काभेटर मालिकले पनि उपभोक्ता समिति अध्यक्षलाई बारम्बार दबाब दिँदै आएको दसरथचन्द नगरपालिका–९ सडक उपभोक्ता समितिको गुनासो रहेको छ । उपभोक्ता समितिले स्काभेटर पनि उधारोमै प्रयोग गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.