भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

बिपी विमर्शका बहुआयाम विषयमा दुई महिने संवाद हुने

बिपी विमर्शका बहुआयाम विषयमा दुई महिने संवाद हुने

६ साउन २०७७ काठमाडाैं । ३८ औं बी.पी. स्मृति दिवसको सन्दर्भमा बी.पी. कोइराला स्मृति ट्रष्टले बी.पी. ट्रष्टको कार्यालयकाे सभा हलमा विचार मन्थन सम्मन्न गरेको छ ।

बी.पी. ट्रष्टका महासचिव रामचन्द्र पोखरेल, पुरुषोत्तम बस्नेत, डा.ज्ञानू पान्डे तथा डा.दिनेश भट्टराईलगायतले बी.पीकाे याेगदानकाे चर्चा गरेका थिए । राष्ट्रियता, लोकतन्त्र र समाजवादको परिभाषा गर्ने पहिलो भाष्यकार बीपी कोइराला भएकाे र उनकाे ३८ औंँ स्मृति दिवसका सन्दर्भमा केही काग्रेसका नेताले बीपीकाे अादर्श भुलेकाे बताए ।

दिवशकाे अवसरमा सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हरेकपल डट कमले बिपी विमर्शका बहुआयाम विषयमा करिब दुई महिना संवाद, बहस र विमर्शको कार्यक्रम गर्ने जनाएको  छ ।  अाज दिउँसो १ बजे नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले कार्यक्रमको उद्घाटन गरेकाे सो कार्यक्रमको बहस र विमर्श सम्पन्न भएको छ । जुम प्रविधिबाट उक्त कार्यक्रममा बीपी कोइरालाको राजनैतिक, आर्थिक, सामाजिक विचार, साहित्य सिर्जनाको क्षेत्रको विशेष चर्चा गरिएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.