भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतीय विस्तारवाद मुर्दावाद सहितका नारा लगाउदै नेपकिपाद्वारा विराेध प्रदर्शन (भिडियाे सहित)

भारतीय विस्तारवाद मुर्दावाद सहितका नारा लगाउदै नेपकिपाद्वारा विराेध प्रदर्शन (भिडियाे सहित)

२८ बैशाख २०७७ काठमाडौं । नेपाललाई कुनै जानकारी नै नहिएर विस्तारबादी भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेको विरोधमा नेपाल मजदुर किसान पार्टीले विरोध र्‍याली प्रदर्शन गरेको गरेको छ ।

नेपाली भूमिमा भारतीय अखाडा सैय नहुने भन्दै दुइसंगठनले कालापानीबाट भारतीय सेना हटाउनु पर्ने बताएका छन् । लिपुलेकमा बनाइएकाे सडक नेपाल सरकारले देख्नु पर्ने भन्दै सबै प्रमाण सहित अन्तराष्ट्रिय अदालत जानुपर्ने र नेपाली भूमि फिर्ता गराउनु पर्ने जुलुसमा सहभागीले बताएका छन् ।

नाराजुलुसमा सहभागि भएकाहरूले ज्यान भन्दा ठूलाे राष्ट्र भएकाले राष्ट्रिय हित विपरित भएका हर्कतकाे जहिले पनि विराेध गरिरहने बताएका छन् । नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त आयोजनामा भक्तपुरमा विरोध जुलस प्रदर्शन गरेको हो । कमलविनायकबाट सुरु भएको विरोध जुलुस दत्तात्रय, सुकुलढोका, टौमढीलगायतका क्षेत्रहुँदै सूर्यविनायक पुगेर कोणसभामा परिणत भएको थियो ।

कोरोना महामारीकै मौका छोपेर सीमानामा विस्तारवादी भारतले गरेको हरर्कतका विरुद्ध नेमकिपाले चर्को विरोध गर्दै कोणसभा सम्पन्न गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन देश लकडाउनमा रहेका बेला भारतीय गिद्धेनजरका विरुद्ध विरोध प्रदर्शन गरिएको र भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्नुपर्ने नेमकिपाले माग राखेको छ ।

विरोध पर्दशनमा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँको पनि उपस्थिति रहेको थियो । विरोध प्रदर्शनमा प्रदेशसभा सदस्य गोसाईले नेपालको भूमिमाथि हस्तक्षेप गर्दै आएको भारतीय विस्तारवादको नीति र लिपुलेकको सडक निर्माण रोकेर कालापानीबाट भारतीय सेना हटाउनुपर्ने आवाज उठाएका छन् ।

यो समस्या अब कूटनीतिक पहलबाट मात्र समाधान गर्न नसकिने भन्दै तत्काल यसलाई अन्तर्राष्ट्रीयकरण गरी अन्तर्राष्ट्रिय अदालत जानुपर्ने बताए । हिजो मात्रै पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले भारतले नेपालको भूमि लिपुलेक अतिक्रमण गरी लिपुलेक भञ्ज्याङसम्म सडक निर्माण गरेकोप्रति विरोध एवं भर्त्सना गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.