भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

भारतीय विस्तारवाद मुर्दावाद सहितका नारा लगाउदै नेपकिपाद्वारा विराेध प्रदर्शन (भिडियाे सहित)

भारतीय विस्तारवाद मुर्दावाद सहितका नारा लगाउदै नेपकिपाद्वारा विराेध प्रदर्शन (भिडियाे सहित)

२८ बैशाख २०७७ काठमाडौं । नेपाललाई कुनै जानकारी नै नहिएर विस्तारबादी भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेको विरोधमा नेपाल मजदुर किसान पार्टीले विरोध र्‍याली प्रदर्शन गरेको गरेको छ ।

नेपाली भूमिमा भारतीय अखाडा सैय नहुने भन्दै दुइसंगठनले कालापानीबाट भारतीय सेना हटाउनु पर्ने बताएका छन् । लिपुलेकमा बनाइएकाे सडक नेपाल सरकारले देख्नु पर्ने भन्दै सबै प्रमाण सहित अन्तराष्ट्रिय अदालत जानुपर्ने र नेपाली भूमि फिर्ता गराउनु पर्ने जुलुसमा सहभागीले बताएका छन् ।

नाराजुलुसमा सहभागि भएकाहरूले ज्यान भन्दा ठूलाे राष्ट्र भएकाले राष्ट्रिय हित विपरित भएका हर्कतकाे जहिले पनि विराेध गरिरहने बताएका छन् । नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त आयोजनामा भक्तपुरमा विरोध जुलस प्रदर्शन गरेको हो । कमलविनायकबाट सुरु भएको विरोध जुलुस दत्तात्रय, सुकुलढोका, टौमढीलगायतका क्षेत्रहुँदै सूर्यविनायक पुगेर कोणसभामा परिणत भएको थियो ।

कोरोना महामारीकै मौका छोपेर सीमानामा विस्तारवादी भारतले गरेको हरर्कतका विरुद्ध नेमकिपाले चर्को विरोध गर्दै कोणसभा सम्पन्न गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन देश लकडाउनमा रहेका बेला भारतीय गिद्धेनजरका विरुद्ध विरोध प्रदर्शन गरिएको र भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्नुपर्ने नेमकिपाले माग राखेको छ ।

विरोध पर्दशनमा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँको पनि उपस्थिति रहेको थियो । विरोध प्रदर्शनमा प्रदेशसभा सदस्य गोसाईले नेपालको भूमिमाथि हस्तक्षेप गर्दै आएको भारतीय विस्तारवादको नीति र लिपुलेकको सडक निर्माण रोकेर कालापानीबाट भारतीय सेना हटाउनुपर्ने आवाज उठाएका छन् ।

यो समस्या अब कूटनीतिक पहलबाट मात्र समाधान गर्न नसकिने भन्दै तत्काल यसलाई अन्तर्राष्ट्रीयकरण गरी अन्तर्राष्ट्रिय अदालत जानुपर्ने बताए । हिजो मात्रै पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले भारतले नेपालको भूमि लिपुलेक अतिक्रमण गरी लिपुलेक भञ्ज्याङसम्म सडक निर्माण गरेकोप्रति विरोध एवं भर्त्सना गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.