भर्खरै : Sorry, your browser does not support inline SVG.

सातटाकुरा सडक खण्डमा झडप, प्रहरीसहित तीन घाइते, नियन्त्रणका लागि हवाईफायर

सातटाकुरा सडक खण्डमा झडप, प्रहरीसहित तीन घाइते, नियन्त्रणका लागि हवाईफायर

२८ बैशाख २०७७ चामुण्डा । दैलेखको चामुण्डा नगरपालिका–४ स्थित सातटाकुरामा झडप भएपछि एक प्रहरीसहित तीन जना घाइते भएका छन् । पहिले भनिएको ठाँउ भन्दा फरक ठाँउबाट सडक लिने भन्ने विषयमा विवाद भएको र उक्त विवादले चरमरुप लगेपछि झडप भएको स्थानीयले बताएका छन् ।

धनपाया, आधिघर हुँदै सातटाकुरा लाने सडक नलगिएको भन्ने विवादमा भएको झडपमा प्रहरी जवान भीमबहादुर सुनार, सातटाकुराका कमल शाही र रमेश शाही घाइते भएको इलाका प्रहरी कार्यालय दुल्ुले जनाएको छ । घाइते कमल शाहीको उपचार दैलेख जिल्ला अस्पताल, प्रहरी जवान सुनार र रमेश शाहीको उपचार दुल्लू अस्पतालमा भइरहेको प्रहरीको भनाई छ ।

विवादलाई साम्य पार्न घटनास्थल पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर गरेको स्थानीयको भनाई छ । अहिले इलाका प्रहरी कार्यालय दुल्लूबाट इञ्चार्ज हिक्मत बोहोरा नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

कर्णाली प्रदेश सरकारको २५ लाख र चामुण्डा बिन्द्रासैनी नगरपालिकाको ५ लाखमा धनपायाबाट सातटाकुरा–नाव सालडाँडा हुदै जंगलसम्म १३ किलोमिटर सडक खन्न रमेश शाहीको अध्यक्षतामा गठित उपभोक्ता समितिको सट्टा अर्को उपभोक्ता समिति पनि नगरपालिकामा दर्ता गराउन ल्याएको विषयमा विवाद सुरु भएको स्थानीयको भनाई छ ।

उपभोक्ता समितिको विवाद चर्काउन जग्गाधनी कमल शाहीलाई जग्गा नदिन खोजेका तर उहाँलाई समेत सहमत गराएर सडक खन्न डोजर लगाइरहेको बेला उच्छृंखल व्यक्तिहरुले विवाद निकालेपछि बोलाइएको प्रहरीमाथि आक्रमण भएको नगरपालिका उपप्रमुख तारा शाही खत्रीले बताएकी छन् ।

नगरपालिकाको माग अनुसार सामाजिक दूरी कायम गरी काम सञ्चालन गर्न अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.